महिला फूटबलको चर्चा, अब पाउलान् त खेलाडीले अवसर ? | Khabarhub Khabarhub

महिला फूटबलको चर्चा, अब पाउलान् त खेलाडीले अवसर ?

आजदेखि राष्ट्रिय महिला लिग सुरू



काठमाडौँ– सन् १९८० को दशकमा नेपाली महिला फूटबल टीम बनेको थियो । जसको कप्तानी रमा सिंहले गरेकी थिइन् ।

नेपालले खेलेको पहिलो प्रतियोगिता एएफसी वुमन्स च्याम्पियनसिप हो । नेपालको पहिलो प्रतिद्वन्दी हङकङ हो । नेपाल र हङकङले सन् १९८६ को डिसेम्बर १४ मा खेलेका थिए जसमा नेपाल १–० गोलले पराजित भएको थियो ।

अखिल नेपाल फूटबल संघ (एन्फा) का तत्कालिन अध्यक्ष कमल थापाको कार्यकालमा नेपाली महिला फूटबल टीम बनेको थियो । ४० वर्षको इतिहास बोकेको नेपाली महिला फूटबल टोलीले सन् १९९० को दशकको संकटमा परेको नेपाली महिला फूटबलले सन् १९९९ मा भएको वुमन्स एसियन कपमार्फत् कमब्याक गरेको थियो ।

त्यसपछिका केही वर्षमा पनि नेपाली टोलीका खेलाडीहरूले वार्षिक रुपमा अन्तर्राष्ट्रिय फूटबल खेल्न प्रतियोगिता नै कुर्नुपथ्यो । जुन समय नेपालले चाहेर पनि प्रतियोगिता आयोजना गर्न कठिन हुन्थ्यो । आजको समय फेरिएको छ ।

एन्फाले चाहेको खण्डमा आफुले मैत्रिपूर्ण फुटबको आमन्त्रण गर्न सक्छ र आफैँले प्रतियोगिता आयोजना गर्न सक्छ । अहिलेसम्मको सबैको ठूलो सफलता भने टोकियो ओलम्पिक दोस्रो चरण पुग्नु हो ।

यस्तै, दक्षिण एसियाली क्षेत्रमा भारतलाई गएको वर्ष एक पटक पराजित गर्न सकेको छ । तर, भारतकै कारण विराटनगरमा भएको साफ च्याम्पियनसिप उपविजेता बन्नु पर्‍यो भने पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा रजत पदकमा सीमित हुनुपर्‍यो ।

तर, पुरुष फूटबलले तुलनात्मक रुपमा नतिजा कमजोर भइरहँदा नेपालमा महिला फूटबलको सम्भावनाको खोजी सुरू भएको छ । नेपालका सफल फूटबलर हरि खड्काले झण्डै २ वर्ष नेपाली महिला टोलीको प्रशिक्षण सम्हाल्दा नेपाली महिला टोलीले एक लय समातेको छ ।

खड्काले सागमा नेपाल भारतसँग पराजित हुँदै रजत पदकमा सुम्पिएपछि प्रशिक्षकबाट राजीनामा दिएपछि अहिले महिला टोलीको प्रशिक्षक पद खाली छ ।

यद्यपी महिला फूटबलले छोटो समयमा अवसर पाए राम्रो गर्न सक्ने भन्दै भइरहेका प्रोजेक्सनले यसका लागि सम्बन्धित निकायलाई घचघच्याएको पक्कै छ ।

मंगलबार सम्पन्न एन्फाको साधारणसभामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव, पस्र्व युवा तथा खेलकुद मन्त्री पुरुषत्तोम पौडेलदेखि एन्फा अध्यक्ष कर्मा छिरिङ शेपाले नेपालमा महिला फुबटलको सम्भावना रहेको चर्चा गरे ।

एन्फाले महिला र पुरुष खेलाडीको तलब समान १८–१८ हजार गर्दै महिला फूटबललाई प्राथमिकतामा राखेको बताएका छन् । आजभन्दा ४० वर्ष अगाडि नेपाली महिला टोली निर्माण गरिरहँदा तत्कालिन नेतृत्वले महिला फूटबलले प्राथमिकता पाउन ४ दशक कुर्नु पर्ला सोचेका पनि थिइनन् सायद । अथवा नेपाली समाजमा महिलाप्रतिको नकारात्मक भावले यसको विकासमा असर गर्ने अनुमान उनको पनि थियो ।

जेहोस्, तत्कालिन नेतृत्वले जुन उदेश्यले यो टीम बनाएको थियो । त्यसको औचित्य अहिले आएर पुष्टि हुने अवस्थामा पुगेको छ । अहिले नेपाली महिला फूटबल टीमका लागि अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिताको अवसका जोडदार माग हुन थालेको छ ।

एन्फा नेतृत्वले पनि त्यसको महसुस गरेको छ । ‘नेपाली महिला फूटबलको इतिहासमै अहिले प्राप्त उपलब्धीलाई मेरुदण्डका रुपमा लिएर जानुपर्छ भनेका छौं,’ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने ।

त्यसलाई अझै राम्रो गर्नका लागि राष्ट्रिय लिग गर्दैछौँ । एएफसीको छनोट प्रतियोगिता नेपालमा गर्ने विडिङ गरेका छौं ।

पछिल्लो २ वर्षमा नेपाली महिला टोलीले ओलम्पिकको दोस्रो चरण प्रवेश, छिमेकी मुलुक भारतमाथि उसकै भूमिमा जीत, साफ च्याम्पियनसिप र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उपविजेता बनेको थियो ।

त्यतिमात्रै होइन नेपाली महिला टोलीले सेन्ट्रल एसियाको कीर्गिस्थान पुगेर पनि फूटबल खेल्यो । जसमा नेपाली टोली उपविजेता बन्यो ।

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले आफु खेलकुदको नेतृत्वमा आएपछि फूटबलमा पुरुष–महिला दुवै टीमका नतिजा आफुले हेरिरहेको र त्यसमा पुरुषको तुलनामा महिला टोलीले राम्रो गरिरहेको बताएका छन् ।

‘१ सय १७ औं विश्व वरियताबाट ९२ औं स्थानमा उक्लिएको छ । यो राम्रो सुधार हो,’ उनले भने, ‘हाम्रा खेलाडीसँग योग्यता, क्षमता र सीप छ ।’

खेलाडीमा फूटबल प्रतिको इच्छाशक्ति भएकाले उनीहरूका लागि उचित प्रशिक्षण र एक्सपोजर दिन सके राम्रो गर्न सक्ने सम्भावना देखाएको उनले उल्लेख गरे ।

‘व्यवस्थित प्रशिक्षण र एक्सपोजरको अभाव छ । यदि त्यो एक्सपोजर दिन सक्यौं, अन्तर्राष्ट्रिय रुपमा सफल अनुभवी प्रशिक्षक ल्याएर नेपालमा सिकाउन सक्यौं भने उपलब्धी छिटो हासिल गर्न सकिन्छ,’ सदस्यसचिव सिलवालले भने ।

सदस्यसचिव सिलवाल र एन्फा अध्यक्ष शेर्पाले महिला फूटबलको उपलब्धीका कुरा गरिरहँदा हलमा बसेका २ सय हाराहारी मान्छेहरूले खुसीले ताली बजाएर स्वागत गरे ।

तर, यथार्थ के भने पछिल्लो एक वर्षभन्दा लामो समयदेखि नेपाली महिला टोली प्रशिक्षकबिहीन छ । उनीहरूले एक साथ अभ्यास गर्न समेत पाएका छैनन् । तर, खेलकुद नेतृत्वले ठूला–ठूला कुरा गरिरहँदा यी र यस्तै कुराहरूमा वेवास्ता गरेको हो कि भन्ने आशंका गर्ने सुविधा प्रशस्तै छ ।

यसैबीच बुधबारबाट एन्फाले महिला राष्ट्रिय लिग सुरू गर्दैछ । त्यसको तयारी भइसकेको भन्दै दशरथ रंगशालाको गेटमा बोर्ड टाग्ने बाहेक कुनै प्रचारप्रसारका काम एन्फाले गरेको छैन ।

खेलाडीहरू कस्तो अवस्थामा अभ्यास गरेर लिगमा सहभागि हुँदैछन् वा कोरोना भाइरसको महामारी पछि घरमा बसेका खेलाडीलाई सोझै मैदान ल्याइँदैछ जस्ता कुरामासमेत जानकारी दिन एन्फाले कन्जुस्याँइ गरेको छ ।

लिगको तयारीमा जुट्नु पर्ने वेला एन्फाका पदाधिकारी साधारणसभामा व्यस्त भए । यो वर्षको लिग पनि एन्फाले गर्नकै लागि गरेको भान भइरहेको छ । भाषण गर्नु पर्दा बोल्न केही पनि बाँकी नराख्ने खेलकुद नेतृत्व व्यवहारिक हुन भने कति समय लगाउने हुन् भन्नेमा खेल क्षेत्रका जानकारले दु:ख व्यक्त गर्ने गरेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ८ : २६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका