सांसद किनबेच सुरू भएको झाँक्रीको आरोप | Khabarhub Khabarhub

सांसद किनबेच सुरू भएको झाँक्रीको आरोप


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले मंगलबार झापाको दमकमा नगरस्तरीय कार्यकर्ता भेला गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा साविकको नेकपा माओवादीको पार्टी कार्यालयमा भेला सम्पन्न भएको हो । पार्टी एकता पछि सो कार्यालयलाई नयाँ पार्टीको जनवर्गीय संगठनहरुको साझा कार्यालय भनिएको थियो ।

भेलामा नेतृ रामकुमारी झाँक्रीले संसद विघटन पछि प्रदेश स्तरमा सांसदहरु किनवेच सुरू भएको आरोप लगाईन् । प्रधानमन्त्रीको कदमलाई लिएर पार्टी विभाजनको अवस्थामा पुगेपछि प्रदेश सरकार र संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र त्यसपछि फिर्ता लिने क्रममा किनवेचको शृंखला सुरू भएको उनको आरोप छ ।

उनले भनिन्, ‘सरकारको कदम गलत भएको थाह भइरहँदा पनि कतिपय प्रदेशसभाका सांसदहरुले अविश्वासको प्रस्तावमा सही गर्न सकेनन्, सही गरी सकेका कतिपय अहिले फिर्ता लिइरहेका छन् । यो किनबेचको शृंखला नभएर के हुन सक्छ र ?’

उनले पार्टी दर्शन, सिद्धान्त र संगठनको आधार तयार नपारि विचौलियाका भरमा पार्टी एकता घोषणा गरिएका कारणले पनि एकता टिक्न नसकेको टिप्पणी गरिन् ।

कार्यक्रममा नेता रवीन कोईराला, नेतृ धर्मशिला चापागाँई लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : ५३ बजे

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की