बाइडेनले आज अमेरिकी राष्ट्रपतिको शपथ लिदैँ, कार्यक्रममा ट्रम्प नजाने | Khabarhub Khabarhub

बाइडेनले आज अमेरिकी राष्ट्रपतिको शपथ लिदैँ, कार्यक्रममा ट्रम्प नजाने


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ।

अमेरिकामा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ। यो दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ। लगातार दुईपटक निर्वाचित भए केवल स्वागत मात्र हुन्छ। यसपटक डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेनले आज राति १०:४५ बजे ४६औँ राष्ट्रपतिका रूपमा शपथ लिनेछन्।

क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ। कोरोना भाइरसका कारण ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल रूपमा गरिन लागेको हो। गत ६ जनवरीमा रिपब्लिकन पार्टीका समर्थकले क्यापिटल हिलमा गरेको हिंसात्मक गतिविधिपछि राष्ट्रपतिको शपथ कार्यक्रम सामान्य ढंगले हुन लागेको अमेरिकन एजेन्सीहरूले जनाएका छन्।

अमेरिकाको राजधानी वासिङ्टन डिसीलगायत ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ। शपथ कार्यक्रममा हिंसात्मक गतिविधि हुन सक्ने आशंकाका साथ सुरक्षा व्यवस्था कडा बनाइएको एजेन्सीहरूले जनाएका छन्।

राजधानी वासिङ्टनमा १५ हजार विशेष सुरक्षा सैनिक परिचालन भएको छ। साथै, राष्ट्रिय सुरक्षा फोर्सले पनि गस्ती गरिरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका समर्थक अझै पनि बाइडेनले धाँधली गरी जित निकालेको दाबी गरिरहेका छन्। तर, ट्रम्पले त्यसको कुनै पनि प्रमाण दिन सकेका छैनन्।

बाइडेनको शपथमा राष्ट्रपति ट्रम्प सहभागी नहुने भएका छन्। २० जनवरीको दिन राष्ट्रपतिको शपथ कार्यक्रममा भाग नलिने अहिलेसम्म अमेरिकामा तीनजना मात्र राष्ट्रपति थिए। ट्रम्प बुधबार क्यापिटल हिलमा नगए उनी शपथ कार्यक्रममा भाग नलिने चौथो राष्ट्रपति बन्नेछन्। सन् १८०१ मा जोन एडम, १८२९ मा क्विन्स एडम्स तथा १८६९ मा एन्ड्रयु जोनसन शपथ कार्यक्रममा गएका थिएनन्।

गत साता राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘म यो घोषणा गर्छु कि लोकतन्त्रको परम्परा तोड्न पछि पर्दिनँ।’ निर्वाचित राष्ट्रपतिलाई बधाई दिन आफू क्यापिटल हिलमा उपस्थित नहुने उनको भनाइ थियो। तर, उपराष्ट्रपति माइक पेन्स भने कार्यक्रममा सहभागी हुने भएका छन्। बाइडेनले पेन्सको निर्णयलाई बहादुरीको संज्ञा दिँदै स्वागत गरेका छन्।

शपथ कार्यक्रममा पूर्वराष्ट्रपतिहरू जर्ज डब्लु बुस तथा उनकी श्रीमती लौरा बुस, बाराक ओबामा र उनकी श्रीमती मिसेल ओबामा तथा विल क्लिन्टन तथा श्रीमती हिलारी क्लिन्टन आउने एजेन्सीहरूले जनाएका छन्।

यसपटक शपथ कार्यक्रममा भाग लिने सांसदलाई दुईवटा मात्र टिकट दिइएको छ। उनीहरूले आफूसँगै एकजना पाहुनाका रूपमा ल्याउन पाउँछन्।

यस्तो हुनेछ शपथ कार्यक्रम

– चिफ अफ जस्टिस जोन जी रोवर्ट जुनियरले क्यापिटल हिलमा जो बाइडेनलाई राष्ट्रपति पदको शपथ दिलाउनेछन्। त्यसपछि बाइडेनले भाषण दिनेछन्। उनले मतदातालाई धन्यवाद दिनेछन्। यो कार्यक्रमपछि बाइडेनलाई सैनिकहरूले सम्मान गर्नेछन्।

– शपथअघि विश्व चर्चित गायिका लेडी गागाले राष्ट्रिय गान गाउनेछिन्। राष्ट्रपतिको शपथ कार्यक्रममा जेनिफर लोपेजको सांस्कृतिक प्रस्तुति रहनेछ। त्यसपछि बाइडेन क्यापिटल हिलदेखि ह्वाइट हाउसको यात्रामा निस्कनेछन्। ह्वाइट हाउस र क्यापिटल हिलबीचको दूरी दुई किलोमिटर छ।

को हुन् बाइडेन

नोभेम्मबर २०, सन् १९४२ मा जन्मिएका जो बाइडेनको पूरा नाम जोसेफ रोबिनेट बाइडेन जुनियर हो। उनी सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाको राष्ट्रपतीय कार्यकालमा उपराष्ट्रपति रहेका थिए।

बाइडेनलाई एक प्रभावशाली वक्ता, कुशल कुटनीतिज्ञ, अनुभवी, कुशल प्रचारकका रूपमा लिइन्छ।

उनले कार दुर्घटनामा पत्नी र छोरी गुमाएका थिए। पछि घाइते भएका उनका छोरा पनि सन् २०१५ मा मस्तिष्कमा भएको ट्यूमरका कारण गुमाउन पुगे।

बाइडेनले ७८ वर्षको उमेरमा अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा शपथ लिँदैछन्।

को हुन् कमला ह्यारिस

क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी कमला ह्यारिसकी आमा भारतीय मूलकी हुन् भने पिता जमैकाका हुन्।

उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन्।

५५ वर्षीया कमलाले अमेरिकाको पहिलो अश्वेत महिला उपराष्ट्रपतिको शपथ लिन लागेकी छिन्।

कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई “एक अमेरिकी” भन्ने गर्छिन्।

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण परम्परा

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ६ : ४९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन