पहिरोले दुई घर पुरिए | Khabarhub Khabarhub

पहिरोले दुई घर पुरिए


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पुर्चौडी नगरपालिका–७ कोटिलामा पहिरोले एक घर भत्किएको छ । स्थानीय मदन लोहारको घरमाथिबाट आएको पहिरोले दुई तले घर भत्किएको हो । घर भत्किदा भित्र रहेका सबै मालसमान नष्ट भएको छ । मानवीय क्षति नभए पनि २० लाखभन्दा बढीको धनमाल नष्ट भएको स्थानीय शैलेस धानुकको अनुमान छ ।

पहिरोका कारण ऐरी गाउँका दुई बस्ती पनि जोखिममा परेको उनले बताए । यसैगरी, शिवनाथ गाउँपालिकामा गएको पहिरोले पनि एक घर पुरेको छ । घटनास्थलमा प्रहरी जाँदै गरेकाले थप विवरण आउन बाँकी रहेको रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी रमेशबहादुर पालले बताए ।

यस्तै, पहिरोले पाटन–८ स्थित खोड्पे बजारका सात घर उच्च जोखिममा परेका छन् भने दशरथचन्द नगरपालिका–१ मुस्याचौरका दुई घर जोखिममा परेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ५ : २० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन