दशैँको १० दिनमा कनेक्ट आइपीएसबाट नौ अर्बभन्दा बढीको कारोबार | Khabarhub Khabarhub

दशैँको १० दिनमा कनेक्ट आइपीएसबाट नौ अर्बभन्दा बढीको कारोबार


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्लियरिङ हाउस (एनसीएचल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको १० दिनमा नौ अर्बभन्दा बढी कारोबार भएको उल्लेख गरेको छ । घटस्थापना अर्थात् २१ देखि ३० असोजसम्ममा उक्त प्रणालीमार्फत नौ दशमलव दुई अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। उक्त कारोबार पछिल्लो वर्षको दशैँको तुलनामा ३१७ प्रतिशतले वृद्धि भएको हो ।

दशैँको समयमा नगद कारोबार निकै हुने र नेपाली संस्कृतीसँग जोडिएकोले नगद कारोबार चाडपर्वमा उल्लेख्य हुने भएता पनि यसबेला बैंक, वित्तीय संस्थाहरू तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरूको पहलमा चाडपर्वमा समेत विद्युतीय कारोबार निकै बढ्दै गएको देखिन्छ ।

कनेक्ट आइपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाईल एप वा वेब तथा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्छन् । कनेक्ट आइपीएसको एप र वेबमा आफ्नो खाता एकपटक लिङ्क गर्नु पर्ने हुन्छ भने मोबाईल बैंकिङमार्फत प्रयोग गर्न छुट्टै रजिष्टर बिना सिधैँ गर्न सकिने एनसीएचलले जानकारी दिएको छ ।

मोबाइल बैंकिङ्गमार्फत प्रयोग गर्न छुट्टै रजिष्टर बिना नै गर्न सकिने व्यवस्था रहेको छ । हाल चाडपर्वको समय भएकाले कनेक्ट आइपीएसको मोबाईल एप वा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट गरिने रकम ट्रान्स्फरमा लाग्ने कारोबार निःशुल्क गरिएको छ । यो २० असोजदेखि २५ कात्तिकसम्म पूर्ण रुपमा निःशुल्क गरिएको छ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १ : १६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०