बाढीको उच्च जोखिममा कावासोतीः स्थानीयवासी चिन्तित « Khabarhub

बाढीको उच्च जोखिममा कावासोतीः स्थानीयवासी चिन्तित


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

कावासोती– केरुङगे खोलामा भइरहेको अव्यवस्थित उत्खननका कारण नवलपुरको सदरमुकाम कावासोती बाढीको उच्च जोखिममा रहेको छ ।

केरुङगे खोलाको मुहान क्षेत्रमा संरक्षणको अभाव र तल्लो क्षेत्रमा अव्यवस्थित उत्खननका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सदरमुकाम कावासोती बाढीको उच्च जोखिममा परेको हो ।

खोलाको मुहानको रुपमा मानिएको राम्चे क्षेत्रमा भूक्षयीकरण हुने क्रम बढ्दै जाँदा र तल्लो क्षेत्रमा केरुङ्गेको सही व्यवस्थापन गर्न नसक्दा सदरमुकाम कावासोतीलगायत आसपासका गाउँ उच्च जोखिममा रहेको बताइएको छ । कुनै बेला एक दुई मिटरको खोला अहिले हात्तीखोर क्षेत्रमा दुई सय मिटरभन्दा बढी र अन्य स्थानमा कम्तीमा ५० मिटर चौडा भएको छ ।

केरुङ्गे खोलाले सयौँ बिघा जमिन कटान गरेको छ । कावासोतीको हात्तीखोरबाट बस्ती क्षेत्रमा प्रवेश गर्ने यस खोलाले कावासोती १, ५, ३, ४, ९, १६, १४,१५ सहित हुप्सेकोट गाउँपालिका–४ को सयौँ बिघा खेतीयोग्य जमिन कटान गरिसकेको छ । तर खोला नियन्त्रणका लागि व्यवस्थित र दीर्घकालिन योजना अझै बन्न सकेको छैन् । यसले त्यस क्षेत्रका नागरिकको चिन्ता थपिएको छ ।

कावासोती बजार भन्दा खोलाको सतह क्रमशः बढ्दै गएको छ । कावासोती ३ र ५ बाट कुनै पनि समय खोला कावासोती बजार क्षेत्रमा प्रवेश गर्ने जोखिम रहेको छ । खोला बस्तीमा पसे जिल्लाको सदरमुकामको रुपमा रहेको कावासोती बजारको अस्तित्व नै सङ्कटमा पर्नसक्ने कतिपयले चिन्ता व्यक्त गरेका छन् ।

केरुङ्गे खोलामा आउने बाढीको पछिल्लो स्वरूपले खतराको सङ्केत गर्दै गएको छ । यसवर्षको बाढीमा अन्य वर्ष भन्दा धेरै ठूला ढुङ्गा केरुङ्गेमा देखिएका छन् । यसले मुहान क्षेत्रको पहाडमा ठूलो पहिरोको सङ्केत गरेको छ । यसैले मुहान क्षेत्रको अवस्था विश्लेषण गरी समयमै उक्त क्षेत्रमा ठूलो भूक्षयीकरण हुन नदिन रोकथामका उपाय अपनाउन आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।

केरुङ्गे खोलाको क्षति न्यूनीकरणका लागि वृहत परियोजना बनाउन आवश्यक रहेको नवलपुर क्षेत्र नं २ का सङ्घीय सांसद तिलक महतको भनाइ छ । यसको नियन्त्रणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले उच्च प्राथमिकता दिएर प्रभावकारी योजना बनाउनुपर्ने उनको भनाइ छ ।

उनले कावासोती नगरपालिकाले यसको नेतृत्व लिएर विस्तृत आयोजना प्रतिवेदन ( डिपिआर) बनाउनुपर्ने र त्यसपछि यसको प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय र प्रदेश सरकारसँग समन्वय गर्नुपर्नेमा जोड दिए ।

सो खोलाबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि त्यसको मुहान क्षेत्रमा संरक्षणका कार्यक्रम ल्याउनुपर्नेमा स्थानीयवासी विष्णुप्रसाद भुषालले जोड दिए । त्यसका लागि मुहान क्षेत्रका बस्तीलाई तल स्थानान्तरण गरी सो क्षेत्रमा बायो इञ्जिनीयरिङ गरेर रिटर्निङ वाल लगाएर संरक्षण गर्नुपर्ने उनले बताए । यसका साथै त्यहाँको माटो सुहाउँदो वृक्षरोपण गर्नुपर्ने उनको सुझाव छ ।

“विसं २०२९ तिर केरुङ्गे गहिरो र नियमित पानी बग्ने गर्थो, पछि खोरिया फाड्ने काम भयो, २०३६ को जनमत सङ्ग्रहका समयमा वन फँडानी तीव्र बन्यो, यसले खोलाको आकारमा परिवर्तन हुँदै गयो”, स्थानीयवासी भुषालले भने “मुहान क्षेत्रका पहाड मानवीय क्रियाकलापका कारण झन कमजोर बन्दै जाँदा खोला थप खहरेमा परिवर्तन हुनसक्छ ।”

फलाम उत्खननको कुरा चलिरहँदा यो खोलाले कावासोतीलाई अर्को मेलम्चीका रुपमा परिवर्तन गर्नसक्छ कि भन्ने चिन्ता स्थानीयवासीमा छ । केरुङ्गे कावासोती– १ हात्तीखोरबाट प्रवेश गरेपछि कावासोती–१५ सम्म १५ किलोमिटर लम्बाइको छ । तीमध्ये केही भाग वनका कारण सुरक्षित अवस्थामा छ ।

दुवै तर्फ गरेर करिब २५ किलोमिटरमा दीर्घकालीन योजना बनाएर संरक्षण गर्नुपर्ने कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पूर्व अध्यक्षसमेत रहेका भुषालले बताए ।

अव्यवस्थित विकासले विनाश निम्ताएको स्थानीयवासी शिवप्रसाद भट्टराईको भनाइ छ । “धौवादी पहाड शृङ्खलाका विभिन्न क्षेत्रमा केरुङ्गेका मुहान रहेका छन् । ‘अहिले विकासको नाममा दुई वटा घर भएका क्षेत्रमा समेत डोजरले खनेर बाटो लाने प्रवृति रहेको छ, यसले थप क्षति पुर्‍याइरहेको छ”, उनले भने ।

केरुङ्गे खोलाको मुहान राम्चे, हर्देखोला, धौवादी, काउले, ल्हापे, बसेनी, पोखरीलगायत रहेको र फलाम खानी समेत यसै क्षेत्रमा रहेकाले भोली खानी उत्खनन् सुरु हुँदा कावासोतीको बस्ती झन जोखिममा पर्ने भन्दै स्थानीयवासी चिन्ता व्यक्त गर्दै आएका छन् ।

“अहिलेनै खोलाको क्षति धेरै छ, यसको मुहान फलाम खानी भएकै क्षेत्र हो, फलाम खानी उत्खनन् सुरु भए कावासोतीको अवस्था के होला”, पूर्वजनप्रतिनिधि श्याम रानाको भनाइ छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १ : ०० बजे

सिद्धार्थनगरमा कांग्रेसका मेयर र एमालेको उपमेयर निर्वाचित

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

भरतपुर महानगरमा रेनु दाहाल अग्रता बढाउँदै

काठमाडौं- भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् ।

मकवानपुरको मनहरीमा गठबन्धन विजयी, अघिल्लो पटकको विजेता एमाले चार सदस्यमा सीमित

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा जसपा निर्वाचित

महोत्तरी– महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र

ललितपुरमा चिरीबाबुलाई १३ हजार ६४६ मत, बढाउँदै अग्रता

काठमाडौं– ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले आफ्नो अग्रता