एकमहिने आदिनाथ मेलाको तयारी पूरा | Khabarhub Khabarhub

एकमहिने आदिनाथ मेलाको तयारी पूरा


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आदिनाथको मन्दिरमा एकमहिने मेलाका लागि तयारी पूरा भएको छ । प्रत्येक वर्ष आश्विन शुल्क पूर्णिमादेखि कात्तिक शुल्क पूर्णिमासम्म मेलाका लागि आवश्यक तयारी पूरा गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

गत वर्ष महामारीका कारण मन्दिरमा नियमित पूजाबाहेकका अन्य पूजा तथा दर्शनका लागि बन्द गरिएको थियो । स्वास्थ्य मापदण्डलाई कायम गरी भक्तजनलाई दर्शनको व्यवस्था मिलाएर भीड व्यवस्थापन गरिने छ । मन्दिर आसपासमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने नियम बनाइएको पुजारी सरोज शाक्यले जानकारी दिए । काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रका भक्तजन मेला भर्नका लागि यहाँ आउने गर्दछन् । रत्नपार्कदेखि करिब नौ किलोमिटर दक्षिणतर्फको दूरीमा पर्ने उक्त मन्दिरमा मेला भरेमा पारिवारिक सुख, समृद्धि कायम हुने जनविश्वास छ ।

आदि नर र आदि नारीका रुपमा अभिव्यक्त भएको मूर्तिलाई आदिनाथ भनेर पुज्ने गरिन्छ । प्रत्येक वर्ष चैतेदशैँका दिन मूर्तिलाई स्नान गराई खटजात्रा गरिने चलन छ । त्यस अवधिमा पनि भक्तजनको मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १२ : २९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६