‘सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने’ | Khabarhub Khabarhub

‘सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने’


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिएका छन् ।

चितवनस्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने बताए । उनले भने,“सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई सेवा सुविधा थप गरेर सकेसम्म निजी क्षेत्रमा सेवा गर्न जान रोक्ने तर्फ सरकारले प्रयास गरिरहेको छ ।” पूर्व स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री श्रेष्ठले यसका लागि समिति बनाएर आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

उनले अस्पताल जनताले सेवा लिन सक्ने र चिकित्सक जान र बस्न सक्ने स्थानमा निर्माण गरिनुपर्नेमा जोड दिए । देशभरका ७५३ पालिकामा अहिले पालिकास्तरीय अस्पताल निर्माणको काम भइरहेको जनाउँदै राज्यमन्त्री श्रेष्ठले अस्पताल निर्माण गर्दा योजना बनाएर गर्नुपर्ने बताए । उनले भने, “एक सय दिनमा के गर्ने, ६ महिनामा के गर्ने र एक वर्षमा के गर्ने योजना बनाएर काम गर्नुस् । जनताले सेवा पाउनुपर्‍यो ।”

भरतपुर महानगरपालिका-१४ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष बाबुराम दाहाल, वडा सदस्य प्रकाश गुरुङ र डा सागर पौडेलले अस्पतालका बारेमा जानकारी गराएका थिए । शिवनगर र शारदानगर स्वास्थ्य केन्द्रलाई पालिकास्तरीय अस्पतालका रुपमा विकास गरेर सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १२ : ०५ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस