दुई देशको वार्ता टोली बनाउन बेलायत सहमत भएसँगै भूपू गोर्खा सैनिकले तोडे अनसन | Khabarhub Khabarhub

दुई देशको वार्ता टोली बनाउन बेलायत सहमत भएसँगै भूपू गोर्खा सैनिकले तोडे अनसन


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समान पेन्सन लगायत विभिन्न माग राखी आमरण अनसनमा बसेका भूतपूर्व गोर्खा सैनिकहरुले अनसन स्थगित गरेका छन् ।

उनीहरुको मागबारे वार्ताका लागि दुई देशको टोली बनाउन बेलायत सरकार सहमत भएसँगै उनीहरुले अनसन तोडेका हुन् ।

बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि जारी भूपू गोर्खाहरुको आमरण अनसन स्थगित भएको हो ।

बेलायती रक्षामन्त्री लियो डोचर्डी र बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीले जुस पिलाएर ज्ञानराज राई, पुष्पा घले र धन गुरुङको अनसन तोडाएका छन् ।

विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नहुँदा उनीहरुले आमरण अनसन गर्नुपरेको भन्दै आएका थिए ।

आजै सर्वोच्च अदालतले अनसनरत भूतपूर्व गोर्खा सैनिकको जीवनरक्षाका लागि पहल गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  १० : २४ बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय