करेन्ट लागेर चौधरी उद्योगका एक मजदुरको मृत्यु | Khabarhub Khabarhub

करेन्ट लागेर चौधरी उद्योगका एक मजदुरको मृत्यु


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं २ दुम्कौलीस्थित चौधरी उद्योगमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।

उद्योग ग्रामको वियर प्लान्टमा कार्यरत देवचुली १२ निवासी ४० वर्षीय चक्रपाणी भुसालको विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

एसी जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका भुसालको विहिबार मध्यान्ह सवा १२ बजे भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक मधुसुदन सिंहले जानकारी दिए ।

स्थानीय बासिन्दा भुसाल चौधरी उद्योगको सिनियर टेक्निसियनका रुपमा कार्यरत थिए । उक्त कम्पनीको सोही बियर प्लान्टमा झण्डै डेढ महिनाअघि आगलागी भएको थियो । आगलागीबाट बियर प्लान्टमा पूर्ण रुपमा क्षति भएको थियो ।

यस्तै, नवलपुरको कावासोतीस्थित पूर्वपश्चिम राजमार्गस्थित खरकट्टा जंगलमा आज नै ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ ख ७५५५ नम्बरको ट्रकले पूर्वतर्फ आउँदै गरेको लु ४६ प ४७५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका ३ का २१ वर्षीय अमर अधिकारीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक अधिकारीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : ३० बजे

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले