अनलाइन कक्षाप्रति अभिभावकको गुनासो बढ्दै | Khabarhub Khabarhub

अनलाइन कक्षाप्रति अभिभावकको गुनासो बढ्दै


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कोरोना महामारीको सङ्कटबीच विद्यालयद्वारा अनलाइनमार्फत भइरहेको पठनपाठनको सिकाइ अपेक्षा अनुसार नदेखिएको गुनासो आउन थालेको छ ।

अनलाइनमार्फत भइरहेको पठनपाठन अपेक्षा अनुसार नभइरहँदा खासगरी सानो कक्षाका बालबालिकाको पढाइ बिग्रिएको गुनासो अभिभावकको छ ।

धनगढी उपमहानगरपालिकाका अभिभावक टिआर बिनाडीले भने, ‘अनलाइनको सिकाइ कक्षा कोठामा पढाएको जस्तो देखिएन, बालबालिका पहिले सिकेका कुरा पनि बिर्सिन थाले ।’ कोरोना भाइरसको जोखिम फैलिएसँगै बालबालिकालाई विद्यालयमा भौतिक उपस्थिति गराएर पढाउने कार्य लामो समयदेखि ठप्प छ ।

सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा कोरोना सङ्क्रमण नफैलिँदै गएको चैत महिनामा लिइएको पहिलो त्रैमासिक परीक्षा र सम्बन्धित विषय शिक्षकले गरेको मूल्याङ्कनका आधारमा विद्यालयले विद्यार्थीको यस वर्षको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेका थिए ।

कोरोनाको जोखिमकाबीच सहरी क्षेत्रका धेरै विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको भए पनि अनलाइनको पहुँचमा पुग्न नसकेका विकट र ग्रामीण क्षेत्रका बालाबालिकाको पढाइ यो विधिबाट हुन सकिरहेको छैन । कोरोना जोखिमका कारण लामो समयदेखि विद्यालय बन्द छन् ।

यद्यपि कोरोना सङ्क्रमण घटेको ग्रामीण क्षेत्रका कतिपय विद्यालयमा भने पछिल्लो केही हप्तायता विद्यार्थीलाई विद्यालयमै भौतिक उपस्थिति गराएर पठनपाठन शुरु गर्न थालिएको छ ।

‘कोरोनाको जोखिम देखिँदा अनलाइनमार्फत् पढाउन शुरु गर्यौ’, एक शिक्षकले भने, ‘तर अभिभावकबाट पढाइ राम्रो भएन भन्ने गुनासो आउन थाल्यो ।’ अनलाइनमार्फत पढ्ने बालबालिकामा विभिन्न खालका मानसिक र स्वास्थ्यसम्बन्धी समस्या पनि देखिन थालको छ ।

‘लामो समयसम्म घरमै बसेर मोबाइल अथवा कम्प्युटर हेरेर अनलाइन कक्षा पढ्नुपर्दा बालबालिकामा आँखासम्बन्धी समस्या देखिको छ,’ धनगढीका अर्का अभिभावक प्रकाश पाण्डेले भने, ‘धेरै बालबालिकाले मोबाइलमा विभिन्न गेम खेल्ने, अनावश्यक साइट हेरेर समय बेथित गर्दा उनीहरुमा मानसिक समस्या देखिने जोखिम बढेको छ ।’

अनलाइन कक्षा माथिल्लो कक्षाका विद्यार्थीको सिकाइका लागि केही उपयुक्त देखिएको भए पनि सानो कक्षाका बालबालिकाका निम्ति सहज नभइरहेको अनुभव शिक्षकले पनि गरेका छन् ।

अनलाइनबाट कक्षा सञ्चालन गर्दा शिक्षण गराउने शिक्षक र सिक्ने विद्यार्थीको घरमा अनिवार्य रुपमा मोबाइल वा कम्युटरमध्ये कुनै एक साधन र इन्टरनेटको सुविधा आवश्यक हुन्छ । तर धेरै अभिभावक आफ्नो कमजोर आर्थिक अवस्थाका कारण मोबाइल र इन्टरनेटको पहुँच बाहिर रहेका छन् ।

कोरोना फैलिएको शुरुको चरणमा आफ्नै घरका अभिभावकको निगरानीमा बसेर अनलाइन विधिबाट बालबालिकाले सिक्नुपर्ने हुँदा यस्तो सिकाइ प्रभावकारी हुने अपेक्षा गरिएको थियो । बालबालिकाले आफ्नै घरमा अनलाइन कक्षा लिँदा भने प्रविधि बारेको जानकारी नभएका कतिपय अभिभावकलाई भने प्रविधि बारेको सिकाइ भइरहेको छ । ‘

‘शिक्षकले अनलाइन कक्षा कसरी पढाउँदा रहेछन् भन्ने कुरा सिकियो,’ धनगढीकी एक महिला अभिभावकले भने, ‘तर छोराछोरीले अनलाइन कक्षामा ध्यान दिएर नपढ्दा उनीको पढाइ बिग्रिदै छ कि भन्ने अनुभव भएको छ ।’

कोरोनाको सङ्क्रमण हुने दर उच्च रहेको वैशाख र जेठ महिनामा शिक्षकका साथै बालबालिकामा कोरोना सङ्क्रमण भएपछि विद्यालयद्वारा अनलाइन कक्षासमेत बन्द गर्नुपरेको थियो ।

कैलालीसहितका कतिपय जिल्लामा कोरोना भाइरसको रोकथामका लागि जारी निषेधाज्ञा पछिल्ला हप्तामा केही खुकुलो पारिएको भए पनि कोरोनाको जोखिम हुने भन्दै धेरै जिल्लामा विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्ने अनुमति दिइएको छैन ।

निजी विद्यालयको सङ्गठन ‘प्याब्सन’ कैलालीका वरिष्ठ उपाध्यक्ष टोपेन्द्र शाह अनलाइनमा कक्षा ७,८,९,१० सम्मका विद्यार्थीको सिकाइ केही सहज हुने भए पनि नर्सरीदेखि ६ कक्षा सम्मका नानीहरुलाई सिकाइ गर्न निकै कठिन भएको अनुभव सुनाए ।

‘यो विधिमा सबै विद्यार्थी समेटिएका छैनन्, साना बालाबालिकाको सिकाइ राम्रो भएन भन्ने गुनासो पनि आइरहेको छ ।’ उनले भने, ‘कोरोना भाइरसको समस्यासँगै शिक्षा क्षेत्र अन्योल र अस्तव्यस्त भएको छ, यो समस्या समाधान नभएमा धेरै निजी विद्यालय बन्द हुने अवस्था छन् ।’

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ३ : २५ बजे

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को