कांग्रेस नेतृत्वको सरकारले जनपक्षीय काम गर्नेछ : मोहन बस्नेत | Khabarhub Khabarhub

कांग्रेस नेतृत्वको सरकारले जनपक्षीय काम गर्नेछ : मोहन बस्नेत


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले कांग्रेस नेतृत्वको सरकारले लोकतन्त्र र संविधानको रक्षा गर्दै जनपक्षीय काम गर्ने बताएका छन् ।

सोमबार भक्तपुरमा कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ पार्टी प्रवेश तथा अगुवा कार्यकता भेलामा उनले संकटमा परेको लोकतन्त्र र संविधानको रक्षा गर्दै कांग्रेसले जनपक्षीय काम गर्ने बताएका हुन् ।

नेता बस्नेतले कांग्रेसले नै संविधानको रक्षा गर्ने भएकाले अन्य दलले पनि कांग्रेस प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेको धारणा राखे । उनले केपी ओलीलाई साथ दिएर राष्ट्रपतिले समेत असंवैधानिक काम गरेको बताए । त्यस्तै उनले सिन्धुपाल्चोकमा क्रियाशील सदस्यता वितरणमा भेद्भाव भएको आरोप लगाए ।

उनले अन्य दलको उजुरीका आधारमा कांग्रेस सिन्धुपाल्चोकलाई विवादमा तान्न खोजिएको भन्दै आपत्ति जनाए । उनले कार्यकर्ताको उचित व्यवस्थापन गर्न नसके आगामी दिनमा नया क्रियाशील सदस्य कांग्रेसमा नआउने बताए ।

कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई नेता बस्नेतले कांग्रेस प्रवेश गराएका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ७ : १४ बजे

गण्डकीका बिनाविभागीय मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई