२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ८३३ जनाको पीसीआर परीक्षणबाट १ हजार ६४२ र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी जम्मा २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार २५८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ७, उदयपुरमा ५, ओखलढुंगामा १५, खोटाङमा १, झापामा १२९, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा ११, पाँचथर १, भोजपुरमा ३, मोरङमा १०२, सोलुखुम्बुमा १ र सुनसरीमा १८४ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १७, पर्सामा १, बारामा १, महोत्तरी ९, सप्तरीमा ९, सर्लाहीमा ३ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ३३०, काभ्रेमा ४, चितवनमा ७२, दोलखामा २१, धादिङमा ४४, नुवाकोटमा ३२, भक्तपुरमा ८८, मकवानपुरमा ५३, रसुवा २, रामेछापमा ५, ललितपुरमा ५६, र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १६०, गोरखामा २५, तनहुँमा ८, नवलपरासी पूर्वमा ५१, पर्वतमा १, लमजुङमा ७, बागलुङमा ५ र स्याङजामा ११ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ७, कपिलवस्तुमा ३, गुल्मीमा १२, दाङमा ११, नवलपरासीमा २, पाल्पामा ८, प्युठानमा ४, बर्दियामा ५, बाँकेमा ५, र रुपन्देहीमा ३६ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा २, दैलेखमा १, सल्यानमा २ र सुर्खेतमा ३ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १३, कैलालीमा २८, डडेल्धुरामा ३, दार्चुलामा १, बझाङमा १ र बाजुरामा २ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ६ : ३५ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको