७१९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

७१९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१९ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५६४ कोरोना संक्रमितको आईसीयूमा र १५५ को भेन्टिलेटरमा गरी कुल ७१९ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १०४ जना आईसीयूमा र ४४ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ५ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ३२९ जना आईसीयूमा र ९३ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ५६ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४९ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा, कर्णालीमा १५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ६ जना आईसीयू र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १० : ५९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न