मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड बिजयी | Khabarhub Khabarhub

मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड बिजयी


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ सिजनको प्रिमियर लिगको तयारीमा रहेको  म्यानचेस्टर युनाइटेड मैत्रीपूर्ण खेलमा बिजयी भएको छ ।

आइतबार भएको खेलमा युनाइटेडले च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई २-१ गोलले हराएको हो ।

प्राइड पार्क स्टेडियममा युनाइटेडलाई जित दिलाउन ताहिथ चोङ र फाकुन्डो पेलिस्ट्रीले एक एक गोल गरे । डर्बीका कोलिन काजिम रिचार्ड्सले एक गोल फर्काए ।

१८औँ मिनेटमा चोङले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा फाकुन्डोले गोल गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाए ।

७०औँ मिनेटमा डर्बीका कोलिनले एक गोल फर्काए पनि अन्ततः युनाइटेडले खेल २-१ ले जित्यो ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ७ : २५ बजे

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक