एकैदिन ३ हजार ६६० जनाले जिते कोरोना, निको हुने दर ८९.३ प्रतिशत | Khabarhub Khabarhub

एकैदिन ३ हजार ६६० जनाले जिते कोरोना, निको हुने दर ८९.३ प्रतिशत


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६६० जनाले कोरोना भाइरसलाई जितेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रिमत भई निको हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ ।
पछिल्ला केही दिन यता देशभर कोरोना संक्रमित हुने भन्दा निको हुनेको दर बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ८९.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जना संक्रमित थपिँदा ३ हजार ६६० जना निको भएका हुन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १० जनाको पीसीआर परीक्षणमा १ हजार ६८८ र ४ हजार ६८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१३ जना गरी कुल २ हजार ४०१ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ५ : ३५ बजे

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल