एक साहसिक यात्रीको प्रेरक वृत्तान्त | Khabarhub Khabarhub

एक साहसिक यात्रीको प्रेरक वृत्तान्त


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालबाट विदेशी यात्रा गर्दा यातायातको माध्यम हो हवाईजहाज । छिटो र भरपर्दो अनि सुरक्षित यात्राका लागि अधिकांशले हवाईजहाज नै रोज्छन् । लेखक श्याममोहन श्रेष्ठ भने यो मामलामा फरक निस्किए ।

उनले काठमाडौँ फ्रान्सको राजधानी पेरिससम्मको यात्रामा गाडी र रेल नै प्रयोग गरे । यही यात्रालाई समेटेर श्रेष्ठले चार महिना अघि ‘काठमाडौँ पेरिस काठमाडौँ बस र रेल यात्रा : साहस र आँटले डोर्‍याएको जिन्दगी’ आत्मवृत्तान्त पुस्तक पाठकमाझ ल्याए ।

पुस्तक लोकार्पण कार्यक्रममा विभिन्न महानुभावहरूको सहभागिता थियो । शताब्दी पुरुष सत्यमोहन जोशीको विचारमा आत्मवृत्तान्तमा पाँच दशक अघिको नेपालको अवस्था, विश्वमा भएका परिवर्तन र नेपाल–फ्रान्स सम्बन्धका विविध आयामबारे मिहिन ढङ्गले वर्णन भएको छ ।

नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिय लेजेका विचारमा फ्रान्स र नेपालबीचको सम्बन्ध प्रगाढ बनाउन नागरिकस्तरबाट उद्यमी श्याममोहनको भूमिकाको सराहनीय छ । पुस्तकले विभिन्न देशको विविधता बुझ्न सजिलो हुने घारणा हुनेछ ।

‘गाडी र रेल यात्रा गर्दा समाज, संस्कृति, मानिस, भुगोल हेरिन्छ र बुझिन्छ । तर हवाईजहाजमा त आज गयो भोलि पुगिहाल्छ नि,’ २२ वर्षको उमेरमा पेरिस यात्रा गरेका श्याममोहन आफ्ना पुस्तकमा भन्छन्, ‘युवाअवस्थाको यात्रा भनेकै रोमाञ्चक यात्रा हो । त्यो यात्रामा मैले कुनै दिन पनि डायरीमा टिपोट गरिनँ । आफूले सम्झिएका कुरालाई पुस्तकमा उतारेँ ।’

फ्रान्स गएको सात महिनापछि उनी नेपाल फर्किएका थिए । पटनाबाट दिल्ली, दिल्लीबाट अफगानिस्तान, तेहरान, अंकारा, इस्तान्बुल, बेलग्रेड, इटालीको मिलान, त्यसपछि मिलानबाट फ्रान्सको मार्साई सहरमा प्रवेश गरेको सम्मको घटना वृतान्त पुस्तकमा छ ।

सन् १९७० को दशकमा एयर फ्रान्स कम्पनीको एउटा सामान्य सहयोगी कर्मचारी हुँदै नेपाल प्रमुख, नेपाल–फ्रान्स उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष, नेपाल फ्रान्स द्विपक्षीय लगानी तथा व्यापारको प्रमुख प्रवद्र्धक बनेका उनी पर्यटन व्यवसायीसमेत हुन् ।

सातवटा शीर्षकमा विभाजित कुल ३२९ पृष्ठको पुस्तकको करिब ४० प्रतिशत हिस्सामा लेखकको सन् १९७० को मार्चदेखि अक्टोबरसम्म सात महिना सात दिन लगाएर गरिएको स्थल तथा जलयात्राको विवरण प्रस्तुत गरिएको छ ।

पुस्तकमा उनको बाल्यकाल, शिक्षादीक्षा, तत्कालीन परिवेशको काठमाडौँ र भीमफेदी तथा नेपालको पहिलो क्यासिनोमा जागीरे जीवन, नेपालबाट सातवटा मुलुक हुँदै स्थलमार्गबाट फ्रान्स पुगेर पुनः स्थल मार्गबाट नेपाल फर्केको यात्राको वर्णन लगायतका रोचक विवरण छ ।

नेपालबाट पेरिस यात्राका क्रममा ५८ मुलुकको घुमेका श्याममोहनको पुस्तकमा अधिकांश पाठकले तारिफ गरेका छन् । बैंक अफ काठमाडौँका अध्यक्ष तथा पर्यटन प्रवद्र्धक प्रकाश श्रेष्ठले ‘पुस्तकमा रोमाञ्चक यात्रा सरल किसिमले प्रस्तुत गरिएको’ उल्लेख गरेका छन् ।

श्रेष्ठले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हरेक कुरालाई सूक्ष्मरूपले हेरेर सरल शब्दमा प्रस्तुत गर्न सक्नु आफैँमा अनौठो काम हो । उनी हरेक पृष्ठमा सत्यवादी रुपमा प्रस्तुत भएका छन् ।’

पर्यटनकर्मी तथा लेखक कर्ण शाक्यले पुस्तकको विषयवस्तु र लेखनशैली रमाइलो र सलल बग्ने किसिमको रहेको उल्लेख गरेका छन् । अर्का पर्यटन प्रवद्र्धक विजय अमात्यले श्याममोहनको पुस्तक प्रेरणादायक रहेको उल्लेख गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले श्याममोहनलाई आफूले २० वर्षको उमेरदेखि चिनेको भन्दै उनको पुस्तकमा आफ्नै पुस्ताको कथा रहेको उल्लेख गरेका छन् ।

न्यूयोर्कमा बस्ने राम खत्रीको विचारमा लेखक श्यामोहन खारिएका लेखक र प्रख्यात साहित्यकार नभए पनि पुस्तक पढ्न थालेपछि नसकिएसम्म छोडन मन नलाग्ने किसिमले पाठकलाई डोर्‍याइरहने किसिमको छ । उनको धारणा छ, ‘अहिलेका नयाँ पुस्ता जो कामको खोजीमा जे गर्न पनि तयार छन्, तिनीहरूले यो कृति एक पटक पढ्नै पर्छ । उनीहरूका लागि यो प्रेरणाको स्रोत बन्न सक्छ ।’

पूर्व मुख्यसचिव लीलामणि पौडेल उक्त पुस्तक उपयोगी र शिक्षाप्रद मान्छन् । उनको विचारमा एक सफल नेपालीको जीवनगाथाले निराशा र पलायनको बाटो रोज्दै गरेको युवालाई यस माटोमा केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने आशा र उत्प्रेरणा सञ्चार गर्न सक्यो भने नेपाली समाजलाई यस पुस्तकले ठूलो गुन लगाएको हुनेछ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ७ : १५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन