रेखा थापाको प्रश्न– कुन चाहिँ राप्रपाले देश हाक्ने हो | Khabarhub Khabarhub

रेखा थापाको प्रश्न– कुन चाहिँ राप्रपाले देश हाक्ने हो


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री रेखा थापाको पहिचान केवल अभिनयमा मात्र छैन । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ पनि हुन् । उनी राजनीतिदेखि सामाजिक विषयमा समय–समयमा फेसबुकमा स्टाटस लेखिरहन्छिन् ।

राप्रपा अघि नेकपामा माओवादीमा रहेकी रेखाले पार्टीको केन्द्रीय विशेष समिति गठनका विषयमा आपत्ति जनाएकी छन् । समितिमा महिलाको उपस्थिति नभएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहँदा रेखाले पनि पार्टीप्रति आपत्ति र असहमति जनाएकी हुन् ।

उनले फेसबुकमा राप्रपाप्रति प्रश्न गरेकी छन् । ‘कुन चाहिँ राप्रपाले देश हाक्ने हो ? त्यो राप्रपा जसले देशमा को–को मान्छे बस्छन थाहा पाएको हुन्छ । न्यूनतम लैङ्गिक साक्षरता राख्छ, मौलिक वैचारिक नमुना पेश गर्छ, सभ्यताको माग अनुसार इतिहासलाई उन्नत व्याख्या गर्छ, युवा र श्रमिक वर्गमा स्थापित हुँदै जान्छ र संस्थालाई लोकतान्त्रिकरण गर्छ’, उनले लेखेकी छन् ।

उनी अगाडि लेख्छिन्, ‘वा त्यो राप्रपा जो महिलालाई बहिष्करणको नमुना देखाउछ, मजदुर, किसान, श्रमिक र युवासँग डराउछ, विरासतको रुपमा राजनीतिलाई कोठे बनाउछ, बहसमा उत्रिदैन– सम्झौतावादी राजनीति गर्छ, अवैज्ञानिक रुपमा पार्टी सञ्चालन गर्छ, आत्मसुरक्षा भन्दा अरु सोच्दैन र सधैं रक्षात्मक सोचले ग्रस्त हुन्छ, जनप्रिय मान्छे लत्याउने र आर्थिक हैसियतमा निर्णय गर्दछ ।’

उनले राप्रपाको वैकल्पिक शक्ति र मौलिक रुपमा सबैको पार्टीका विषयमा पनि प्रश्न सोधेकी छन् । ‘कुन चाहिँ राप्रपा वैकल्पिक शक्ति बन्ने हो ? कुन चाहिँ राप्रपा मौलिक रुपमा सबैको पार्टी हो ? कुन चाहिँ राप्रपा उदाउदो राप्रपा हो ? कुन चाहिँ राप्रपा नाम मात्रको पार्टी हो ? कुन चाहिँ राप्रपा व्यवहारमा–वयस्क र रिटायर्डहरुको सरोकार समूह मात्र हो ? कुन राप्रपा हामी सबैको राप्रपा हो ?’, रेखाको प्रश्न छ ।

शनिबार बसेको राप्रपा बैठकले यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ३ : १५ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका