‘टालो’मा छाउपडी पीडा | Khabarhub Khabarhub

‘टालो’मा छाउपडी पीडा


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालको मध्य तथा सुदुरपश्चिमका पहाडी भेगमा प्रचलित छाउपडी प्रथामा आधारित नेपाली फिल्म ‘टालो’ निर्माण भएको छ । दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादन रहेको फिल्म ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।

निहारिका फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा रिम विश्वकर्मा, अञ्जली खड्का, प्रेम देव गिरि, सुशीला सिञ्जापती, सुशीला सिंह, उदय बिके, गगन बिके, एलिशा बादी, सम्झना बादी, खगेन्द्र केपी, भुपेश सोनी, शेरबहादुर, खगेन्द्र जैसी, जमुना विकलगायतको अभिनय छ ।

रिम विश्वकर्माको कथा रहेको फिल्ममा मेलिना राई, शान्तिश्री परियार, ऋषि खड्काको स्वर, रमेश बिजी र ऋषि खड्काको शब्द, उत्तम रिमालको द्वन्द्व समावेश छ ।

कथाकार तथा निर्माता रिमले छुई (मासिक श्राव) को समयमा महिलालाई छ दिनसम्म घरमा बस्न नदिइ गोठ वा जंगलमा सानो गोठ बनाएर बस्न बाध्य गराइने अमानवीय कुप्रथाको उन्मुलनमा सहयोग पुर्‍याउन फिल्म निर्माण गरिएको बताए ।

निर्देशक दीपकले कथामा जीवन्तता आओस् भन्ने हेतुले स्थानीय कलाकारलाई नै अभिनय गराइएको खुलाए ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १ : २५ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा