कोशी, कर्णाली, महाकालीसहितका नदीमा आकस्मिक बहावको सम्भावना (सूचीसहित) | Khabarhub Khabarhub

कोशी, कर्णाली, महाकालीसहितका नदीमा आकस्मिक बहावको सम्भावना (सूचीसहित)


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुन शुरू भएसँगै देशभर बाढीपहिरोका घटना बढेका छन् ।

ठाउँठाउँमा पहिरोले सडक अवरूद्ध भएका छन् भने तराईका जिल्लामा डुबान बढेको छ । ठूला नदीका तटीय क्षेत्रका बासिन्दा बाढीको उच्च जोखिममा परेका छन्

आज शनिबार पनि कोशी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका नदीमा ‘आकस्मिक’ बहाव आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘आज कोशी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका केही स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव बढ्दो हुने र केही स-साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले उक्त क्षेत्रका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं।’

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ११ : १५ बजे

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट