मेलम्ची क्षेत्रमा फेरि बाढी, हेलम्बुको प्रहरी कार्यालय भवन बगायो | Khabarhub Khabarhub

मेलम्ची क्षेत्रमा फेरि बाढी, हेलम्बुको प्रहरी कार्यालय भवन बगायो


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची खुलामा फेरि बाढी आएको छ ।

शुक्रबार राति आएको बाढीले हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन, विद्यालयको भवन  बगाएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

गत मंगलबार आएको बाढीले जोखिममा परेका ती भवनहरू शुक्रबार राति आएको बाढीले बगाएको शेर्पाले जानकारी दिए । बाढीले पुर्‍याएको अरू क्षतिबारे जानकारी नआएको उनले बताए ।

बाढी आउँदा बस्तीमा पस्ने र कम हुँदा खेतियोग्य जमिन कटान हुने क्रम बढेको उनले बताएका छन् ।

यसअघि गत मंगलबार आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा अर्बौको क्षति भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : ४३ बजे

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत