अजयको ओटीटी मूल्य १ सय २५ करोड | Khabarhub Khabarhub

अजयको ओटीटी मूल्य १ सय २५ करोड


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता अजय देवगन आगामी जुलाईबाट डिजिटल ‘डेब्यू’ गर्दैछन् । ब्रिटिस शो ‘लुथर’को अफिसियल रिमेक ‘रुद्र’मार्फत अजयले डिजिटलमा पाइला चाल्न लागेका हुन् ।

शोमा अजय फरक अवतारमा प्रस्तुत भएर दुई महिनामा सम्पूर्ण सुटिङ पुरा गर्नेछन् । यो शोका लागि अजयले १ सय २५ करोड पारिश्रमिक लिएका छन् ।

‘अजय अहिले आफ्नो करियरको उच्च फर्ममा छन् । खास गरी पछिल्लो पिःल्म ‘तान्हाजी’को सफलताले पनि अजयलाई पारिश्रमिक बढाउन प्रोत्साहन गरेको छ । त्यहीकारण उनले शोको लिमिटेड सिरिजका लागि १ सय २५ करोड पारिश्रमिक लिएका हुन्’, शो निकट स्रोतले भनेको छ ।

१ सय २५ करोड पारिश्रमिकसँगै अजय ओटीटी प्लेटफर्ममा सर्वाधिक पारिश्रमिक लिने कलाकारको सूचीमा परेका छन् । यो सूचीमा यसअघि अक्षय कुमार र ऋतिक रोशन छन् ।

अजयको यो पारिश्रमिकमा स्टार नेटवर्कको प्रोमा सुट, सामाजिक सञ्जाल पोष्ट, रियालिटी शो अपेरियन्स पनि जोडिएका छन् । जय प्रति एपिसोड २ करोड पारिश्रमिक लिँदैछन् ।

राजेश मापुस्करको निर्देशन रहने ‘रुद्र’ सन् २०२१ को अन्त्यतिर प्रिमियर हुँदैछ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : २५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन