अमेरिका–उत्तर कोरिया वार्ताको परिदृश्य « Khabarhub
Logo
२० श्रावण २०७८, बुधबार

अमेरिका–उत्तर कोरिया वार्ताको परिदृश्य



उत्तर कोरियाली नेता किम जोन उनले अमेरिकासँग वार्ताका लागि विश्वासको वातावरणमा जोड दिएका छन् । किमले अमेरिकी प्रशासनलाई नै तोकेर आफ्नो कुरा राखेको समभवतः यो पहिलोपटक हो । यसअघि उत्तर कोरियाले अमेरिकाको वार्ता प्रयासलाई सकारात्मक भनेको थियो ।

किमले प्योङ्योङका आफ्ना पार्टीका वरिष्ठ नेतासँगको बैठकको क्रममा उक्त कुरा भनेका हुन् । उत्तर कोरियाका सत्तारूढ मजदुर पार्टीको केन्द्रीय समितिको बैठक यसै साता हुँदै छ । टकराब अन्त्य गर्न स्वतन्त्र वातावरण तयार भएपछि वार्ता बन्ने उनको विश्वास छ । यस महाद्वीपमा स्थायी समाधानका लागि उत्तर कोरियाले लिएको जिम्मेवारी महत्वपूर्ण रहेको किमको भनाइ छ ।

अमेरिकाले उत्तर कोरियाप्रतिको दृष्टिकोणमा पुनर्विचार गर्ने नीति लिएको छ । साथै, सो क्षेत्रमा आणविक हतियाररहित बनाउने योजना पनि लिएको छ ।

किम र बाइडनको सम्बन्ध भने तिक्ततापूर्ण रूपमा शुरू भएको थियो । चुनावी अभियानकै क्रममा बाइडनले किमलाई ‘ठग’ भनेका थिए । बाइडनको शपथ ग्रहणको पूर्वसन्ध्यामा किमले सैनिक मार्च पास गराएका थिए । अप्रिलमा बाइडनले उत्तर कोरियालाई संसारकै सुरक्षामा ‘ठूलो चुनौती’ भने । यसपछि उत्तर कोरियासँगको सम्बन्ध सहज बनाउने प्रयास उनले गरेका छन् ।

यसै साता अमेरिकाले उत्तर कोरियाप्रतिको दृष्टिकोणमा पुनर्विचार गर्ने नीति लिएको छ । साथै, सो क्षेत्रमा आणविक हतियाररहित बनाउने योजना पनि लिएको छ । उत्तर कोरियासँगको कूटनीतिक सम्बन्ध सुमधुर बनाउने प्रयास रहेको ह्वाइट हाउसका प्रवक्ताको भनाइ छ । वाइडेन प्रशासनले बल उत्तर कोरियाको कोर्टमा रहेको भने पनि उत्तर कोरियाले भने रणनीतिक रूपमा यो सम्बन्ध उपयोग गर्ने सम्भावना रहेको प्रोफेसर लिक एरिक एस्लको भनाइ छ ।

पहिलो वार्ता स्थानीय विषयमा केन्द्रित हुनेछ । यी दुई देशबीच सम्बन्धको उतारचढाव धेरै वर्षअघि देखिको हो । वर्तमान कोर्स भने सन् २०१७ यतादेखिको हो भन्ने धेरै समीक्षकको मत छ । डोनाल्ड ट्रम्पको शासनकालमा दुई देशबीचको सम्बन्धका कारण युद्धको वातावरण समेत बनेको थियो । यस घटनाक्रम सुधार हुँदै वार्तासम्मको अवस्थामा आइपुगेको हो ।

सन् २०१७ मै उत्तर कोरियाले आणविक हतियार परीक्षणको गति त्यसले तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पलाई आक्रोशित बनाएको थियो । त्यसै समयमा युद्धकै अवस्थाको नजिक पनि यी दुई देशबीच फेरि एक खालको समझदारी बनेको थियो ।

यस्तो तनावका बीच पनि सन् २०१८ मा ट्रम्पले किमले निम्तो स्वीकार गर्ने बताए । यसपछि दुई देशबीचको वार्तामा दक्षिण कोरियाको उपस्थितिका बारे सल्लाह हुन थालेको हो । सन् २०१८ कै १२ जुनमा भएको सिङ्गारपुर समिट यी दुई देशबीचको कटू सम्बन्ध केही सामान्य बनाउन सफल भएको थियो । दुई देशका नेतृत्वले स्थायित्व, सुरक्षा र स्थायी शान्तिका लागि हस्ताक्षर गरे ।

सन् २०१९ को फेब्रुअरीमा स्पेनस्थित उत्तर कोरियाली दूतावासअगाडि दुई जना कमान्डोले आक्रमण गरेको समाचार बाहिर आयो । स्पेनले आक्रमणकारी सीआइएसँग सम्बन्धित भएको आरोप लगाए पनि सीआइएले अस्वीकार गरेको छ ।

ट्रम्प र किमबी भियतनामको हनोइमा सन् २०१९ को फेब्रुअरीमै वार्ता भएको थियो । उक्त वार्ता कुनै सहमतिविनै टुङ्गिएको थियो । ट्रम्प प्रशासन उत्तर कोरिया आफैँले आणविक गतिविधिमा केही कमी ल्याओस् भन्ने चाहन्थ्यो ।

सन् २०१९ को जी २० समिटमा एउटा नयाँ आयाम थपियो । यसै समयमा ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय उत्तर कोरियाको सीमानामा पुगे । उत्तर कोरिया र दक्षिण कोरियाका संयुक्त संरक्षित क्षेत्रमा उनीहरूको भेट भएको थियो । जाय उत्तर कोरियाको सीमा टेक्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति मानिए ।

बाइडनले आफ्नो कार्यकालको सयौँ दिनका सम्बोधन गर्दै उत्तर कोरियाप्रतिको दृष्टिकोणमा परिवर्तन आउने सङ्केत गरेका भए पनि अमेरिका र हिंसात्मक इतिहास बोकेको उत्तर कोरियाबीच सम्बन्ध एकाएक सुधार होला भन्ने अपेक्षा गर्नु हतार हुनेछ ।

१९४८ मा ‘जन गणतान्त्र कोरिया’ घोषणा भएपछि अमेरिकी चाहना यसलाई दक्षिण कोरियाको मातहतमै राख्ने भन्ने थियो । यसपछि आर्थिक नाकाबन्दी गरिएको उत्तर कोरियामा यो क्रम सन् २००८ सम्म कायम थियो ।

सन् १९५० मा उत्तर कोरियाका सेना दक्षिण कोरिया प्रवेश गरेपछि युद्धको रूप लिएको थियो । दक्षिण कोरियालाई अमेरिका तथा उत्तरलाई सोभियत सङ्घले साथ दिए । त्यस बेलाको युद्धमा सैनिक र सामान्य मानिस गरी ५० लाखभन्दा बढीको ज्यान गएको अनुमान छ ।

बाइडनले आफ्नो कार्यकालको सयौँ दिनका सम्बोधन गर्दै उत्तर कोरियाप्रतिको दृष्टिकोणमा परिवर्तन आउने सङ्केत गरेका भए पनि अमेरिका र हिंसात्मक इतिहास बोकेको उत्तर कोरियाबीच सम्बन्ध एकाएक सुधार होला भन्ने अपेक्षा गर्नु हतार हुनेछ ।

यस अघिका प्रशासनले कोरियाली प्रायद्वीपलाई आणविक हतियारविमुख गराउने प्रयास गरे पनि सफल नभएकाले ह्वाइट हाउसका प्रवक्तको भनाइ छ । त्यसो त यस अघिका प्रशासनका दुई नीति थिए । ओवामा प्रशासनको रणनीकि धैर्यको नीति थियो भने ट्रम्प अधिकतम बार्गेनिङको नीतिमा थिए । बाइडनको नीति भने यी दुवैभन्दा फरक रहने जनाइएको छ । यो अभियान नसकिएसम्म जापान र दक्षिण कोरियासँग समन्वय यथावतै राख्ने जनाइएको छ ।

जापान र दक्षिण कोरियासँगको सहकार्यमा हुने आगामी दिनको शान्ति प्रयासले यी दुवै देशलाई फाइदा पुग्ने भएकाले जापान र दक्षिण कोरिया पनि अमेरिकाको परिवर्तित वैदेशिक नीतिले उत्साहित छन् ।

अमेरिकी अधिकारीहरूले पूर्ण निःशस्त्रीकरण बटम लाइनबाट बाइडन एक कदम पनि पछि नहट्ने कुरा बताउँदै आएका छन् । प्योङयोङको सवालमा वर्षौँदेखिको अमेरिकी नीति असफल रहेको आरोप लगाउनेहरू पनि बाइडनको यो प्रयासले सफलता पाएमा नाजवाफ हुने छन् ।

उत्तर कोरिया पनि निःशस्त्र भएपछि सुरक्षित हुने कुराको ग्यारेन्टी भएमा यो अभियान सकारात्मक हुन सक्ने आकलन छ । यस कारण बाह्य शक्तिसँगको सहकार्यबाट मात्र उत्तर कोरियासँगको वार्ता सार्थक हुने जनाइएको छ ।

अमेरिकाको विदेश नीति र संसारका अन्य देशभन्दा पृथक रहेको उत्तर कोरियाली चाहना वार्तामा प्रमुख हुने पनि कतिपयको भनाइ छ ।

अमेरिका लगायत संसारका धेरै देशले आर्थिक नाकाबन्दी गरेको समयमा पनि उत्तर कोरियाले चीनको सहयोग पाएको थियो । दक्षिण कोरियाको नेतृत्वमा प्रायद्वीपमा एउटै शक्ति नरहोस् भन्ने चाहनाले पनि उत्तर कोरियाले केही न केही गतिविधि गरी नै रहेको छ ।

अमेरिकासँगको वार्ताबाट उत्तर कोरियाले आफ्नो नीतिमा संशोधन नगरेसम्म दक्षिण कोरियाले चाहेअनुसार गर्न बाध्य नहुने कुराको ग्यारेन्टी चाहन्छ । तत्कालका लागि पूर्ण निःशस्त्रीकरण त असम्भव हुनेछ । हतियारप्रति किमको मोहका कारण यो अभियान एकदमै कठिन ठानिएको हो ।

संयुक्त राष्ट्र सङ्घले पनि निगरानी गर्न थलेपछि उत्तर कोरियाको गतिविधिमा केही परिवर्तन त आएको छ तर पूर्णरूपमा ठिक भएको छैन । अबको समय अमेरिकाको प्रयासले मात्र सबै सम्भव त हुँदैन परन्तु उत्तर कोरियाले चाहेमा धेरै कुरा ठिक हुन सक्छ ।

एकथरी मत के पनि छ भने सन् २०१७ को अन्त्यमा ट्रम्पको भूमिका र अभिव्यक्तिका कारण अहिले पनि उत्तर कोरिया अमेरिकाका हरेक कुरालाई शङ्कास्पद दृष्टिले हेर्न सक्छ । यस कारण विश्वास नगर्न पनि सक्छ ।

कतिपयले यो सधैँ आर्थिक घेराबन्दी सधैँ झेलेर बस्नुभन्दा खुला समाजको अनुभव गर्ने चाहना किमलाई पनि हुने र यसले वार्तामा सकारात्मक मोड दिने अनुमान पनि गरेका छन् । उत्तर कोरिया बिस्तारै अहिलेको अवस्थाबाट बाहिर निस्कन चाहन्छ तर बाह्य हस्तक्षेप पनि स्वीकार गर्दैन । त्यहाँको सत्तारूढ दलको बैठकमा पनि यसबारेमा कुरा चलेको छ ।

सबै घटनाक्रमलाई नजिकबाट नियाल्नेहरूकै विचारमा आणविक निःशस्त्रीकरणका लागि उत्तर कोरिया तयार हुन सक्ला तर यसका लागि सुरक्षित अवतरण, उपयुक्त समय र बाटोको माग गर्न सक्छ । यसका लागि उत्तर कोरियाले चाहेका दुई कुरा हुन् । पहिलो, आणविक निःशस्त्रीकरण पछि स्वतन्त्रता र स्वायत्ततामा हस्तक्षेप नहुने ग्यारेन्टी । दक्षिण कोरियाबाट भयभित हुन नपर्ने वातावरण नै उत्तर कोरियाको चाहना हो । दोस्रो, आर्थिक विकासमा फड्को उत्तर कोरियाको चासो हो ।

अमेरिकाका लागि पनि निःशस्त्रीकरणका अतिरिक्त केही चाहना छन् । बाइडन प्रशासन आफ्नो नेतृत्वमा शान्ति स्थापना भएको हेर्न चाहन्छ । यसका लागि मध्यपूर्वमा पनि पहल शुरू भइसकेको छ । शान्तिपूर्णरूपले प्रभाव जमाउने तथा संसारका धेरै देशमा अप्रत्यक्ष प्रभाव राख्ने अमेरिकी नीतिको मध्यम बिन्दु फेला परे उत्तर कोरिया र अमेरिकाको वार्ता टुङ्गोमा पुग्नेछ ।

यसका लागि जापान र दक्षिण कोरिया लगायत अन्य देशको सकारात्मक भूमिका त आवश्यक छ नै ।

-एजेन्सीहरूको सहयोगमा

 


भर्खर

0