२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन विधिको परीक्षणबाट सो संख्यामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले सो अवधिभा थप २४६ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मन्त्रालयका अनुसार सो अवधिमा ७ हजार ९८९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, ओखलढुंगामा ५, खोटाङमा २९, झापामा ३४४, ताप्लेजुङमा ८३, तेह्रथुम १६, धनकुटामा ८८, पाँचथर १, भोजपुरमा ७, मोरङमा ३८३, संखुवासभामा १४, सोलुखुम्बु १६ र सुनसरी २०९ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १९९, पर्सामा ८५,  बारामा १८७, महोत्तरीमा १२७, रौतहटमा २५, सप्तरीमा १८, सर्लाहीमा २१ र सिरहामा ७३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ९८८ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १५५, चितवनमा १९३, दोलखामा ९१, धादिङमा ११७, नुवाकोटमा २१, भक्तपुरमा २२८, मकवानपुरमा ४, रसुवामा १, रामेछापमा २९, ललितपुरमा २७०, सिन्धुपाल्चोकमा २२१ र सिन्धुली ४५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३४७, गोरखामा १४२, तनहुँमा ३७, नवलपरासी पूर्वमा ३५, पर्वत १०, मनाङ १३, म्याग्दी १८,  लमजुङमा १६, बागलुङमा ६ र स्याङजामा २३ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २१, कपिलवस्तुमा १२, गुल्मीमा ३, दाङमा १७७, नवलपरासीमा ५५, पाल्पामा १९, प्यूठानमा १, बर्दियाका १५८, बाँकेमा २४०,  रुपन्देहीमा ३४६ र रोल्पामा ८ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १२, जाजरकोटमा १, जुम्ला ६, दैलेखमा ४४, रुकुम पश्चिममा २, सल्यानमा १८, सुर्खेतमा २७४ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १५८, कञ्चनपुरमा ९१, कैलालीमा ४१७, डडेल्धुरामा ७७, डोटी ५३, दार्चुला ३ र बैतडीमा १९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ६ : २६ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले