चेम्बर अफ कमर्सद्वारा अस्पतालहरुलाई स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

चेम्बर अफ कमर्सद्वारा अस्पतालहरुलाई स्वास्थ्य सामग्री सहयोग


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले सरकारी अस्पतालहरुमा स्वास्थ सामाग्री उपलब्ध गराउने कामलाई  निरन्तरता दिएको जनाएको छ ।

आज नेपाल चेम्बर अफ कमर्शको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ सामग्री हस्तान्तरण गरेका हुन् ।

अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामाग्रीहरु ग्रहण गर्दै चेम्बरबाट बिगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गरे ।

उनले यो विषम परिस्थितिमा गरेको सहयोगप्रति आभार प्रकट गरे । यसैगरी अध्यक्ष मल्लले त्रिबि शिक्षण अस्पतालको आकस्मिक कक्षका स्वास्थकर्मीहरुका लागि पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।

त्रिबि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सो सामाग्री ग्रहण गरेको चेम्बरले जनाएको छ ।

यसैगरी चेम्बरले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गोँगबुलाई पनि स्वास्थ सामग्री सहयोग गरेको जनाएको छ ।

उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तिनाथ शाखीलाइ सो सामग्री ग्रहण गरेका थिए ।

विभिन्न अस्पतालहरुलाई पीपीई सेट,सर्जिकल मास्क,सर्जिकल पन्जा, स्यानिटाइजर तथा सिटामोल हस्तान्तरण गरेको चेम्बरले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १० : ३१ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको