सञ्चारकर्मी र पत्रकारलाई निर्माता पौडेलको सहयोग | Khabarhub Khabarhub

सञ्चारकर्मी र पत्रकारलाई निर्माता पौडेलको सहयोग


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फिल्म ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले कोभिड महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मी तथा पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् ।

हाल अमेरिकामा रहेका पौडेलले चलचित्र पत्रकार राजन घिमिरेमार्फत एसोसिएसट प्रदेश अध्यक्ष बैकुण्ठ पराजुलीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालसहितको उपस्थिति थियो ।

कार्यक्रममा एसोसिएट प्रदेश अध्यक्ष पराजुलीले कोभिड– १९ को संक्रमणका परेका र संक्रमणको जोखिममा रहेका सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाको चिन्ता गर्दै सहयोगका लागि हात अघि बढाएका पौडेलप्रति आभार व्यक्त गरे । उनले उक्त रकम प्रदेशको पत्रकार कोरोना सुरक्षा कोषमा जम्मा गरिने बताए ।

कोरोनाको दोस्रो लहर आउनुपूर्व फिल्म ‘तिम्रो मेरो साथ’को छायांकन सकेर अमेरिका पुगेका पौडेल पछिल्लो डेढ दशकदेखि चलचित्र निर्माणमा सक्रिय छन् । उनी फिल्म ‘रुद्रप्रिया’, ‘राज्जा रानी’का निर्माता पनि हुन् ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ४ : ३० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६