भारतको औषधि नियामक सीडीएससीओले दियो कारोनाविरुद्धको खोप आयात गर्न अनुमति | Khabarhub Khabarhub

भारतको औषधि नियामक सीडीएससीओले दियो कारोनाविरुद्धको खोप आयात गर्न अनुमति


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको औषधि नियामक संस्था सेन्ट्रल ड्रग स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसन (सीडीएससीओ)ले भारतमा कोरोनाविरुद्धको खोप आयात गर्न लाग्ने प्रक्रियालाई सहज बनाइदिएको छ । औषधि नियामक सीडीएससीओले कोरोनाविरुद्धको खोप आयात गर्न निजी तथा राज्य सरकारलाई अनुमति दिनुका साथै आयात निर्देशिका जारी गरेको छ

आयातकर्ता तथा उत्पादकले कारोनाविरुद्धको खोप आयात गर्न सीडीएससीओले तीनवटा अवस्थाहरु प्रदान गरेको छ । विश्वमा कोरोनाविरुद्धको धेरै खोपहरु विकास भएपनि भारतमा आपतकालीन प्रयोगमा अनुमति नपाएका खोपहरु आयात गर्न नपाइने जनाइएको छ ।

नयाँ औषधि र परीक्षण नियम २०१९, औषधि आयात दर्ता नियम १९४५ र औषधि आयात अनुमतिपत्रसम्बन्धी नियम १९४५ को पूर्ण पालना गरेर कोरोनाविरुद्धको खोप आयातका लागि निजी क्षेत्रलाई खुला गरेको हो ।

आयातकर्ताहरुले सीडीएससीओले जारी गरेको मापदण्ड अन्तर्गत आयात गरिएका कोरोनाविरुद्धका खोपहरुलाई भारत सरकारले आधिकारिक च्यानलभन्दा बाहिर पनि वितरण गर्न सकिनेसमेत जनाइएको छ । भारतमा कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै मे १ मा कोरोनाविरुद्धको खोपको मूल्यमा समानता र देशव्यापी खोप अभियानको रणनीतिमा परिवर्तन गरिएको थियो ।

भारतमा हाल स्वदेशमै उत्पादन गरिएका अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप र भारत बायेटेकले विकास गरेको कोभ्याक्सिन प्रयोग भइरहेका छन् । केही साता अघि भारत सरकारले कोरोनाविरुद्धको विश्वको पहिलो खोप स्पुतनिक भीलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विषयविज्ञ समितिले रुसी खोपको अध्ययन गरिसकेपछि खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको हो ।

भारतले रुसबाट प्रराम्भिक चरणमा डेढ लाख खोप आयात गरेको छ । यस खोपलाई अबको केही दिनमा लगाउन शुरु गरिने जनाइएको छ । भारतले यसअघि सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोशिशिल्ड खोप नेपालसहित दक्षिण एसिया र विश्वका अन्य मुलुकहरुमा अनुदानमा उपलब्ध गराएको थियो । भातरले नेपाललाई १० लाख डोज खोप अनुदान सहयोग गरेको हो ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  २ : ०६ बजे

सुशासनमा देखिएका अवरोध र चुनौती

लोकतन्त्र हाम्रो अभिष्ट र जीवन–पद्दति भइसकेको छ । यति हुँदाहुँदै

रविको प्रश्न –सहकारीको ऋण लिएको छैन, जीबी राईका सारा बदमासीको ठेक्का लिनुपर्ने हो ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट कुनै

धनकुटाको हिलेमा भोलिदेखि खाना महोत्सव हुँदै

धनकुटा । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु

जगदलपुर – सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी

लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व

लुम्बिनी – लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको