‘क्या कहना’ सेटमा सैफलाई सय टाँका | Khabarhub Khabarhub

‘क्या कहना’ सेटमा सैफलाई सय टाँका


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता सैफ अली खान बलिउडका चिरपरिचित अनुहार हुन् । उनले सन् १९९३ मा फिल्म ‘परम्परा’बाट बलिउडमा पाइला चाले । त्यसपछि उनले कैयौं फिल्ममा अभिनय गरे ।

आजतकका अनुसार सैफ र अभिनेत्री प्रिती जिन्टाले ‘क्या कहना’, ‘दिल चाहता है’, ‘कल हो ना हो’, ‘सलाम नमस्ते’ लगायतका फिल्ममा अभिनय गरेका छन् । यी सबै फिल्म बक्सअफिसमा हिट साबित भइसकेका छन् ।

सन् २००० मा रिलिज ‘क्या कहना’को बारेमा एउटा घटना सायद कमैलाई थाहा होला । सैफ र प्रिती सन् २००४ मा ‘कफी विद करण’को पहिलो सिजनमा आएका थिए । उनीहरु फिल्म ‘क्या कहना’को सेटबाटै मिल्ने साथी भए ।

यो फिल्मको सुटिङ सेटमा एक दुर्घटना भएको थियो । सैफका अनुसार उनी हरेक दिन जुहू बीचमा मोटरसाइकल कुदाउने अभ्यास गर्थे । फिल्मको दृश्य अनुसार उनले एक र्याम्पमा मोटरसाइकल कुदाउनु पर्ने थियो ।

यो दृश्य खिच्नका लागि फिल्मको समूह खण्डाला गएको थियो । जहाँ घनघोर वर्षा भइरहेको थियो र माटो पनि निकै भिजेको थियो । त्यहाँ सैफले जुहूमा अभ्यास गरे जस्तो मैदान थिएन ।

‘म त्यो दिन प्रितीलाई इम्प्रेस गर्न खोजिरहेको थिएँ । प्रितीलाई इम्प्रेसका लागि गरेको पहिलो टेक राम्रो भयो । तर म यसलाई दोस्रोपटक पनि गर्न चाहन्थें । त्यही जोशका साथ बाइक कुदाउदा पहिले जस्तो भएन । म उछिट्टिएर ढुंगाको थुप्रोमा पुगें । मेरो टाउकोमा केही भिजे जस्तो भयो । हातले छुँदा रगत आइरहेको थियो । त्यसपछि हामी तुरुन्तै अस्पताल गयौं ।’ सैफले भनेका छन् ।

यो दुर्घटना हुँदा सैफसँग प्रिती नै अस्पतालमा थिइन् । किनकी सैफकी पत्नी अमृता सिंह अर्को राज्य गएकी थिइन् । सैफको अवस्था देखेर प्रिती निकै डराएका थिइन् ।

फिल्मका निर्देशकको पनि स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालले प्रितीलाई नै मेडिकल फर्ममा हस्ताक्षर गर्न लगायो । उनी निकै डराइन् । किनकी सैफको टाउकोमा सय टाँका लगाइएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १० : २० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका