कोरोना महामारी नियन्त्रणका लागि सहयोग जुटाउन सक्रिय राजदूत भण्डारी | Khabarhub Khabarhub

कोरोना महामारी नियन्त्रणका लागि सहयोग जुटाउन सक्रिय राजदूत भण्डारी


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर तिब्र भएपछि मुलुकमा देखिएको अक्सिजनलगायत स्वास्थ्य सामग्रीको हाहाकार भएपछि सहयोग जुटाउन कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले पहल थालेका छन् ।

ईदको बिदा सकिए लगत्यै कुवेत सरकारका विभिन्न निकायका प्रतिनिधिहरूसँगको भेटघाटलाई तिब्र बनाएको नेपाली दूतावास स्रोतले जनाएको छ । मंगलबार मात्र राजदूत भण्डारीले कुवेत रेड क्रिसेन्ट सोसाइटीका अध्यक्ष डा. हिलाल अल सयेरसंग भेटवार्ता गरेको कुवेत न्युज एजेन्सीले जनाएको छ ।

उनीहरू बीच भएको भेटमा नेपालमा पछिल्लो समय तिब्र रुपमा फैलिएको कोरोना महामारी नियन्त्रण गर्न अक्सिजन लगायत स्वास्थ्य सामग्रीको अभाव भएको कारण महामारी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन् ।

विगतमा विभिन्न रोगबाट पीडित न्यून भएका ४० भन्दाबढी नेपालीहरूको कुवेतका स्वास्थ्यकर्मीहरूको टोलीले कम शुल्कमा शल्यक्रिया गरेको स्मरण गराउँदै अध्यक्ष डा. अल सयेरले महामारीबिरुद्ध लड्न पनि नेपालको रेडक्रससंग समन्वय गरेर आवश्यक सहयोग गर्न तत्पर रहेको बताए ।

राजदूत भण्डारीले कोरोना महामारी संकटको बीचमा कुवेत रेड क्रिसेन्ट सोसाइटीले बिशेष बिपत्तिबाट पीडितहरूलाई उद्धार गर्ने प्रयासको प्रसंशा गरेका थिए ।

केही दिनअघि मात्र सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड-१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको भर्चुल बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित वस्तु, औषधि र अन्य स्वास्थ्य सामग्री जुटाउनका लागि अधिकतम प्रयत्न गर्न निर्देशन दिए लागत्यै राजदूत भण्डारी सहयोग जुटाउन सक्रिय भएका हुन् ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ९ : ३१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०