सय वर्षअघिको स्पेनिस फ्लु र आजको कोराना « Khabarhub
Logo
१ असार २०७८, मंगलबार

सय वर्षअघिको स्पेनिस फ्लु र आजको कोराना



कोभिड–१९ पूर्णतया नयाँ प्रकारको रोग हो जसले विशेष गरी वृद्धवृद्धालाई बढी असर गर्छ । सन् १९१८ मा फैलिएको महामारीले धेरै जसो २० देखि ३० वर्ष उमेरका मानिसलाई आफ्नो शिकार बनाएको थियो, जुन उमेर समूहमा रोगप्रतिरोधात्मक क्षमता धेरै हुने विश्वास गरिन्छ ।

सरकार र मानिसहरूले हालको महामारी नियन्त्रण गर्न उठाएका कदम सन् १९१८ को महामारी नियन्त्रण गर्न चालिएका कदम जस्तो मात्रै देखिन्छ ।

बेलायतस्थित पब्लिक हेल्थले स्पेनिस फ्लुका विषयमा अध्ययन गर्‍यो । यसका माध्यमबाट उसले कोरोना भाइरसविरुद्ध लड्न आवश्यक पर्ने एक आपतकालीन योजना तयार पार्ने उद्देश्य राखेको थियो । अध्ययनबाट के पत्ता लाग्यो भने सन् १९१८ को शरद ऋतुमा फ्लुको दोस्रो लहर पहिलोभन्दा घातक भएर फैलिएको थियो ।

फ्लुका कारण १९१८ मेमा पहिलो व्यक्तिको मृत्यु हुँदा बेलायत पहिलो विश्वयुद्ध लड्दै थियो । अन्य देशका सरकार जस्तै बेलायत सरकार पनि यो फ्लुबाट जोगिन तयारी अवस्थामा थिएन ।

के पनि विश्वास गरिन्छ भने बेलायत सरकारले फ्लुबाट जोगिने उपाय अपनाउनुको सट्टा युद्धमा बढी ध्यान केन्द्रित गर्न जरुरी सम्झियो ।

यसरी फ्लु नियन्त्रण गर्नमा भन्दा युद्धमा ध्यान केन्द्रित गरेको बेलायतको सैनिकको यातायात र सैन्य सामग्री बनाउने स्थानमा जङ्गलमा फैलिएको आगो जस्तै फ्लु फैलियो । ‘सर अर्थर न्युजहोम’ ले रोयल सोसाइटी अफ मेडिसिनमा पठाएको रिपोर्टमा यिनै कुरा उल्लेख गरिएको छ ।

सन् १९१८ को महामारीबाट धेरै देश अछुतो थिएनन् । यद्यपि, यसको असर र महामारीबाट आफ्ना जनतालाई बचाउने प्रयासमा भने सरकारहरूबीच अन्तर थियो ।

जुलाई १९१८ मा उनले ‘मेमोरेन्डम फर पब्लिक युज’ लेखेका थिए । जसमा उनले यदि कोही व्यक्ति कमजोर महसुस गर्छ र बिरामी छ भने घरमै बस्ने सल्लाह दिएका थिए । उनले उक्त मेमोरेन्डममा भिडभाडयुक्त स्थानमा नजान सुझाब दिएका थिए तर उनको सुझाबलाई सरकारले रद्दीको टोकरीमा फालिदियो ।

सर अर्थरका अनुसार उनको सुझाब राम्रोसँग पालना गरिन्थ्यो भने सयौँको ज्यान बचाउन सकिने थियो । राष्ट्रिय परिस्थिति यस्तो थियो कि स्वास्थ्य र जीवनमा जोखिम हुँदै गर्दा पनि त्योभन्दा ठूलो कर्तव्य भनेको युद्ध जारी राख्नु थियो ।

महामारी स्पेनबाट शुरू भएको त थिएन तर महामारीका कारण मान्छेको पहिलो निधन स्पेनमा भएको थियो । यसकारण सबैले महामारी त्यहीँबाट शुरू भएको अनुमान गरेका थिए ।

त्यस बखत पहिलो विश्वयुद्धको समय भए पनि स्पेनका पत्रपत्रिकामा कुनै प्रतिबन्ध लगाइएको थिएन । युद्धमा स्पेन एक तटस्थ देश भएकाले पनि त्यहाँका सञ्चारमाध्यममा प्रतिबन्ध नलागेको हो । शुरूवाती अवस्थामा नैतिक बल घट्ने डरले केही देशमा महामारीको समाचार दबाइएको थियो ।

सन् १९१८ को महामारीको कुनै उपचार थिएन । निमोनिया जस्तो जटिलताको उपचार गर्न कुनै एन्टिबायोटिक्स थिएन । यस्तो अवस्थामा अस्पतालमा बिरामीको भिड लागेको थियो ।

त्यसबेला संक्रमण रोक्न देशभर लकडाउन गरिएको थिएन तर पनि केही स्थानका थिएटर, नाचगृह, चलचित्र भवन जस्ता स्थान भने कैयौँ महीना बन्द गराइएका थिए ।

त्यसबेला पनि आजको जस्तै ताजा हावाले संक्रमण दर फैलिन रोक्ने विश्वास गरिन्थ्यो । अमेरिकाका ठूला शहरमा ठूलो मात्रामा मानिस जम्मा हुन रोक्न असम्भव प्रायः थियो । धार्मिक स्थलमा यसो गर्नु झन् असम्भव थियो ।

रक्सी खाने स्थान (पब) हरू खोल्न युद्धको समयमा केही बन्देज लगाइएको भए पनि त्यो धेरै मात्रामा खुल्ने गर्थ्यो । फुटबल लिग र एफए कप युद्धको समयमा बन्द गराइएका थिए । यद्यपि, अन्य म्याच रद्द गर्ने अथवा भिडभाड कम गर्ने प्रयास भएको थिएन । पुरुषहरूको क्षेत्रीय स्तरको फुटबल म्याचमा महिलाहरूको म्याचको तुलनामा धेरै मानिसको उपस्थिति हुन्थ्यो । महामारीका बीच यी सब चलिरह्यो ।

केही शहर र त्यहाँका केही बाटाहरूमा किटाणुनासक औषधि छरिएको थियो । केही मानिसले मास्क लगाउन पनि थालेका थिए ।

मानिसहरूलाई दिइएको स्वास्थ्य सम्बन्धी जानकारीहरू स्पष्ट थिएनन् । हालको महामारीमा जस्तै त्यस बखत पनि झुटा समाचार र षड्यन्त्रका हल्ला गाउँशहरमा फैलिएका थिए । स्वास्थ्य र स्वस्थ जीवनशैलीका विषयमा मानिसलाई खासै जानकारी थिएन ।

धूमपानले संक्रमण रोक्न सहयोग पुग्ने विश्वास गरिन्थ्यो । केही कम्पनीहरूले धूमपान निषेधित क्षेत्र केही खुकुलो बनाएका थिए ।

महामारीका विषयमा बेलायतको तल्लो सदनमा भएको छलफलमा कन्जरवेटिव सांसद एमपी क्लाउड लुथरले प्रश्न गरेका थिए, ‘महामारीबाट बच्न दिनमा तीन पटक कोको लिनुपर्छ भन्ने कुरा के साँचो हो ?’

जनचेतना फैलाउने कार्यक्रम र पर्चाहरूमा खोक्दा र हाछ्युँ गर्दा संक्रमण फैलिन्छ भन्ने जानकारी दिइएको हुन्थ्यो ।

नोभेम्बर १९१८ मा ‘न्युज अफ द वर्ल्ड’ ले आफ्ना पाठकहरूलाई यस्तो सल्लाह दिएको थियो– हरेक राति र बिहान साबुनपानीले नाक धुनू, राति र बिहानको जर्बजस्ती भए पनि हाछ्युँ गर्नू र गहिरो श्वास लिनू, मफ्लर प्रयोग नगर्नू, नियमित हिँड्नू, कार्यालय पैदलै जानू, धेरै खिचडी खानू ।

सन् १९१८ को महामारीबाट धेरै देश अछुतो थिएनन् । यद्यपि, यसको असर र महामारीबाट आफ्ना जनतालाई बचाउने प्रयासमा भने सरकारहरूबीच अन्तर थियो ।

अमेरिकाका अन्य शहरको तुलनामा न्यू योर्क महामारीसँग जुध्ने विषयमा अलि बढी तयारी अवस्थामा थियो । क्षयरोगविरुद्ध २० वर्षदेखि लगातार लड्दै आएको न्यु योर्कले यो महामारीबाट छुट्कारा पाउन राम्रो प्रयास गरेको थियो । फलस्वरूप, अन्य राज्यको तुलनामा त्यहाँ मृत्युदर कम थियो ।

अमेरिकाका केही राज्यले क्वारेन्टिनको व्यवस्था गरेका थिए । यसले केही मिश्रित खालको परिणाम ल्यायो । केही राज्यहरूमा नयाँ मास्क प्रयोग गर्न अनिवार्य जस्तै बनाइएको थियो । देशभरका थिएटर, सिनेमाघर लगायतका मनोरञ्जन स्थान बन्द गराइएका थिए ।

अमेरिकाका अन्य शहरको तुलनामा न्यू योर्क महामारीसँग जुध्ने विषयमा अलि बढी तयारी अवस्थामा थियो । क्षयरोगविरुद्ध २० वर्षदेखि लगातार लड्दै आएको न्यु योर्कले यो महामारीबाट छुट्कारा पाउन राम्रो प्रयास गरेको थियो । फलस्वरूप, अन्य राज्यको तुलनामा त्यहाँ मृत्युदर कम थियो ।

यसका बाबजुद शहरका स्वास्थ्य अधिकारीलाई व्यपारीहरूले आफ्नो काम खुला राख्न पाउनुपर्ने दबाब दिएका थिए । विशेष गरी सिनेमाघर र अन्य मनोरञ्जन स्थान खुला राख्न पाउनुपर्ने उनीहरूको माग थियो ।

त्यसबेला पनि आजको जस्तै ताजा हावाले संक्रमण दर फैलिन रोक्ने विश्वास गरिन्थ्यो । अमेरिकाका ठूला शहरमा ठूलो मात्रामा मानिस जम्मा हुन रोक्न असम्भव प्रायः थियो । धार्मिक स्थलमा यसो गर्नु झन् असम्भव थियो ।

महामारीको अन्त्यसम्ममा बेलायतमा करिब २ लाख २८ हजार मानिसको मृत्यु भएको थियो । देशका करीब एक चौथाइ मानिस संक्रमित भएका थिए ।

केही समयसम्म भाइरसलाई हराउने प्रयास जारी रह्यो । मानिसहरू महामारीको घातक असरका विषयमा थप जानकार भएका थिए ।

(१० मे २०२० मा बीबीसी न्युजमा प्रकाशित यो आलेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0