ल्यान्डमर्क फुड्समा कुमारी बैंकको कार्डबाट भुक्तानी गर्दा छुट पाइने | Khabarhub Khabarhub

ल्यान्डमर्क फुड्समा कुमारी बैंकको कार्डबाट भुक्तानी गर्दा छुट पाइने


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेड र जावलाखेल स्थित ल्यान्डमर्क फुड्सबीच सहकार्यको सम्झौता भएको छ ।

कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सो रेस्टुरेण्ट्को विभिन्न सेवाहरुमा बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरिएको हो ।

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंङ प्रमुख नवीन मुनि बज्राचार्य तथा ल्यान्डमर्क फुड्सका तर्फबाट संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकले ल्यान्डमर्क फुड्सका विभिन्न खानपिनमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ३ : १९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न