प्रधानमन्त्री ओलीद्वारा पाटन माविको भवन उद्घाटन | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीद्वारा पाटन माविको भवन उद्घाटन


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पाटनढोकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्मित भवनको उद्घाटन गरेका छन् ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको उक्त विद्यालयको भवन भूकम्प गएको करिब ६ वर्षपछि जापान सरकारको ऋण सहयोगमा पुनःनिर्माण सम्पन्न भएको छ ।

प्रधानमन्त्री ओलीले विद्यालय भवनको उद्घाटन गर्दै पाटन माध्यमिक विद्यालयले नेपालको इतिहासलाई जोडेको बताए । उनले भने, ‘यहाँ गुणस्तरीय शिक्षा उपलब्ध हुनेछ ।’

भवन निर्माण गर्न जापान सरकारले करीब १८ करोढ ३१ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको प्राधिकरण जनाएको छ ।

पाटन विद्यालयको स्थापना तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरकोले १९८१ सालमा गरेका थिए ।

सुरुमा पाटन दरबारको कोतमा यो विद्यालय स्थापना भएको थियो । वि.स १९९० मा गएको भूकम्पका कारण विद्यालयको भवनमा क्षति पुगेपछि विद्यालयलाई केही समयका लागि लगनखेलमा सारिएको थियो ।

त्यसपछि नयाँ भवन निर्माण गरी पाटनढोकामा सारिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : ३७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०