इरानमा चिनियाँ बिटकोइन कम्पनी सञ्चालनका कारण चीन बिरोधी मनोभावना वृद्धि | Khabarhub Khabarhub

इरानमा चिनियाँ बिटकोइन कम्पनी सञ्चालनका कारण चीन बिरोधी मनोभावना वृद्धि


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानमा चिनियाँ कम्पनीहरुले क्रिप्टोकरेन्सी बिटकोइन उत्पादन सञ्चालन गरिरहेका कारण विद्युतीय सेवा अवरुद्ध हुने गरेको छ ।

चिनियाँहरुले इरानमा बिटकोइन कम्पनीहरु चलाईरहेका कारण स्थानीय क्षेत्रमा ठूलो मात्रामा विद्युतीय सेवा अवरुद्ध भएको हो । यहि कारण इरानमा चिनियाँ बिरोधी मनोभावना पैदा भएको बताईएको छ ।

बिटकोइन कम्पनीहरु सञ्चालनमा ठूलो मात्रामा विद्युत खपत हुने गरेका कारण इरानमा दर्जनौं शहरहरुमा गत जनवरीदेखि विद्युत सेवा अवरुद्ध भएको इरानी उर्जामन्त्री रेजा अर्देकानिएनले बताएका छन् ।

इरानमा सञ्चालित क्रिप्टोकरेन्सी बिटकोइन उत्पादनहरु चिनियाँ कम्पनीहरुको रहेका फ्रान्सको टेलिभिजन फ्रान्स–२४ ले जनाएको छ । यद्यपि, इरानमा चिनियाँ कम्पनीहरुले बिटकोइन उत्पादन गोप्य राख्ने प्रयास गर्दै आएका छन् । चिनियाँ बिटकोइन कम्पनी आर्एच्वाईले इरानमा आफ्नो गतिबिधि गोप्य राख्ने मनसायले इरानलाई मध्यपूर्व भनेर उल्लेख गर्ने गरेको छ ।

बिटकोइन उत्पादनका लागि चिनियाँ कम्पनीहरुले इरानलाई महत्वपूर्ण क्षेत्र मान्दै आएका छन् । बिटकोइन उत्पादनका लागि चिनियाँ कम्पनीहरुले इरानमा लगानी बिस्तार गरिरहे पनि ठूलो मात्रामा विद्युत खपत हुने र चिनियाँ बिरोधी मनोभावना वृद्धिको समस्या भोगिरहेको छ ।

स्रोत : इकोनोमिक टाईम्स

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ०१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न