घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम भयो : माधव नेपाल | Khabarhub Khabarhub

घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम भयो : माधव नेपाल


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूको विरोध व्यक्ति विशेषका लागि नभएर समग्र प्रवृत्तिको विरोध भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाले सोमबार काठमाडौँमा गरेको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाइ कार्यक्रममा नेता नेपालले केही व्यक्तिमा गलत प्रवृत्ति हावी भएको भन्दै त्यसलाई सुधार गर्नका लागि आफूहरूको विरोध भएको बताएका हुन् ।

उनले आफ्नो समर्थन नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई घाँडो ठानेको तर्क गरे । घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम अहिले भएको उनको टिप्पणी छ ।

उनले भने, ‘घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम अहिले भएको छ । गलत कुराको हार र सत्यको जीत हुन्छ । ‘

केपी ओलीलाई प्रधानमन्त्री बनाउन जसले भर्‍याङ बनाइदियो उसैलाई सडकमा पुर्‍याएको उनले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : १२ बजे

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक