पूजा गर्दा ध्यान दिनुपर्ने ५ कुरा | Khabarhub Khabarhub

पूजा गर्दा ध्यान दिनुपर्ने ५ कुरा


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्ममा पूजापाठको महत्वपूर्ण स्थान रहने गरेको छ । अधिकाशं हिन्दुहरुको घरमा देवीदेवताको पुजाकालागी कोठा वा क्षेत्र छुट्याइएको हुन्छ ।

मान्यता अनुसार नियमित पुजापाठ गर्दा मनोकामना पुरा हुने र मनमा शान्ति मिल्ने गर्दछ । तर नियमित पूजापाठ गर्दा पनि मन अशान्त रहन्छ र उचित फल पाइरहनु भएको छैन भने पूजाको क्रममा केही गल्ती भएको हुन सक्ने धार्मीक मान्यता रहेको छ । त्यसैले पूजाका क्रममा केही सामान्य नियम पालनातर्फ ध्यान दिन शास्त्रले सुझाएको छ ।

१. घरको पुजाकोठा वा स्थान हमेशा ईशान कोण अर्थात उत्तर पूर्व दिशामा हुनु पर्दछ । यो दिशा भगवानको मन्दिरकालागी सबैभन्दा शुभ मानिन्छ । तर भुलवशं घरको पूजा स्थल पश्चिम वा दक्षिण पश्चिम दिशामा भए यसले लाभ नदिने धार्मीक मान्यता छ ।

२. घरमा पूजा गर्दा पूजाकर्ताले भगवान भएतर्फ ढाड फर्काएर बस्नु हुदैन । यसले नकारात्मक फल दिने धार्मीक मान्यता रहेको छ ।

३. कतिपय मानिसहरु भूईमा नै बसेर पूजा गर्दछन् । तर पूजा गर्दा आसनको प्रयोग गर्नु पर्दछ । मान्यता अनुसार बिना आसन पूजापाठ गरेमा दरिद्रता आउने गर्दछ । साथै आसन सफा हुनु पर्दछ । यदि आसन नभएमा कम्बलको प्रयोग गर्नु पर्दछ ।

४. यदि घरमा पूजाकोठा वा पुजा स्थान वा मन्दिर नभएमा पनि नियमित साँझ बिहान एउटा दियो बाल्नु राम्रो मानिन्छ ।

५. हिन्दु धर्ममा भगवान विष्णु, गणेश, शिव, सूर्य र दुर्गालाई पञ्चदेव भनिन्छ । तसर्थ नियमित पूजाका क्रममा यी पञ्चदेवको विशेष पूजा गर्नु पर्दछ । यसो गरेमा घरमा सुख समृद्धि प्राप्ति हुने धार्मीक मान्यता छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ३ : ५२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०