बच्चाको दाँतमा हुने समस्या यसरी हल गरौँ | Khabarhub Khabarhub

बच्चाको दाँतमा हुने समस्या यसरी हल गरौँ


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकलका अधिकाशं बच्चा दाँतको समस्याबाट ग्रसित हुन्छन् । शिशु उमेरबाटै चकलेट तथा गुलियो खाद्य पर्दाथ खाने तर ब्रस नगर्ने, मुख कुल्ला नगर्ने लगायतको कारणले उनीहरुको दाँतमा क्याबिटिज हुने संभावना रहन्छ । यस्तो समस्यामा दाँत तथा मुखको हेरचाह कसरी गर्ने त ?

१. मञ्जन
बच्चाकालागि दाँत माझ्ने मञ्जन फ्लोराइडयुक्त राम्रो हुन्छ । फ्लोराइड एक आवश्यक खनिज हो, यसले दाँतलाई बलियो बनाउन र दाँत क्षय हुनबाट रोक्दछ ।

२. खानापछि ब्रस
खाना खाइसकेपछि दाँतमा अल्झिएको खानेकुरा निकाल्न ब्रस गर्नुपर्ने हुन्छ । त्यसैले खाना खाए लगत्तै बच्चालाई ब्रस गराउनु पर्दछ । यसले क्याबिटिजको समेत संभावना हुँदैन । त्यसैले दिनको दुई पटक बिहान र रातको खानापछि ब्रस गर्न बच्चालाई सिकाउनु होस् ।

३. चुइङगम दाँतको समाधान
त्यसै पनि बच्चालाई चुइङगम चपाउन मनपर्छ । साथै यसले दाँत सफा गर्न सघाउँछ । तर बच्चालाई गुलियोरहित चुइङगम चपाउन दिएमा यसले खानापछि दाँतमा रहने एसिडलाई हटाउँन मद्दत गर्दछ ।

४. फ्लोसिङ
दाँतको बिचमा फसेको फोहोर हटाउने फ्लोसिङ राम्रो उपाय हो । अन्यथा दाँतको बिचमा फसेको खानेकुरा सड्न थालेपछि दाँतमा समस्या आउने गर्दछ । यदि उक्त फोहोर हटाउने हो भने दाँत सड्दैन ।

५. किसमिस
कम मात्रामा किसमिस सेवन गर्दा पनि क्याबिटिजको समस्याबाट छुटकारा पाइन्छ । यसमा पोलीफेनोल र फ्लैनोनोइड पाइन्छ, जसले क्याबिटिज रोक्न सहयोग गर्छ । आवश्यक भन्दा बढी किसमिस प्रयोग गर्दा चाहि उल्टो असर पर्न सक्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ३ : ०१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६