भोजपुरी स्टार खेसारीलालविरुद्ध गालीगलौज मुद्धा | Khabarhub Khabarhub

भोजपुरी स्टार खेसारीलालविरुद्ध गालीगलौज मुद्धा


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भोजपुरी फिल्मका स्टार खेसारीलाल यादवविरुद्ध लखनऊको गुडम्बा थानमा मुद्दा दर्ता भएको छ । फिल्म निर्देशक आरआर पाण्डेयले खेसारीविरुद्ध एफआईआर दर्ता गराएका हुन् ।

निर्देशक पाण्डेयले खेसारीविरुद्ध गालीगलौज र अभद्र व्यवहार जस्तो आरोप लगाएका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार पाण्डेयले खेसारीले सामाजिक सञ्जालका माध्यमबाट सहकर्मी कलाकारलाई धम्काएको दाबी गरेका छन् ।

यो मामलामा शत्रुघ्न यादव उर्फ खेसारीलाल यादवसहित अन्य चार व्यक्तिलाई एफआईआर दर्ता गरिएको छ ।

खेसारीको फ्यान फलोइङ करोडौं छन् । केही समय अघि उनले दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको नाम लिएर एउटा कुरा बोलेका थिए । जुन कुराले निकै चर्चा पाएको थियो ।

‘म पनि सुशान्तजस्तै बिहारबाट छु । बिहारी हुँ । तर म कमजोर छैन । यस्तोमा भोजपुरी उद्योगका मानिसहरु मेरो बारेमा के सोच्छन् । मलाई केही फरक पर्दैन’, उनले आफ्नो फेसबुक लाइभमा यो कुरा भनेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १ : ३२ बजे

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको