अपराजित रहँदै एपीएफ बन्यो महिला लिग फुटबल च्याम्पियन | Khabarhub Khabarhub

अपराजित रहँदै एपीएफ बन्यो महिला लिग फुटबल च्याम्पियन


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले अपराजित रहँदै उपाधि जितेको छ ।

शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई ३–० गोल अन्तरले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा एपीएफकी सरु लिम्बुले दुई र अनिता केसीले एक गोल गरेका थिए ।

एपीएफले १२ खेलमा ३६ अंक जोड्दा १२ खेलमा २६ अंक जोडेको आर्मी उपविजेता बन्यो ।

यसअघि शुक्रबार बिहान ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा पुलिसले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० गोल अन्तरले पराजित गरेको थियो ।

पुलिसको जितमा निरु थापाले चार गोल गरिन् । यस्तै निर्मला बिकले तीन, सुनकला राई र अमृता जैशीले एक-एक गोल गरेका थिए । पुलिसले एक गोल आत्मघाती उपहार पाएको थियो । चौदण्डीगढी अन्तिममा रहेको लिग सकाएको छ ।

उपाधि जितेको एपीएफले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ८ लाख, तेस्रो भएको पुलिसले ५ लाख र चौथो बनेको स्याङ्जाको वालिङ नगरपालिकाले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १० : ०१ बजे

कतारी अमिर र राष्ट्रपति पौडेलबीच शीतल निवासमा वार्ता

काठमाडौं– नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर

‘लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक’

काठमाडौं– लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने

हटेन दिल्लीका मुख्यमन्त्री केजरीवालको संकट, अझै १६ दिन जेलमै

एजेन्सी- दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल अझै १६ दिन जेलमा बस्नुपर्ने

कुवेतमा अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी सुरु

कुवेत – कुवेतको हवाली गभर्नरेटमा सोमबारदेखि अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी

कतारका राजालाई एयरपोर्टमै राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन