‘बाघिरा’मा प्रभु देवाको फरक अवतार | Khabarhub Khabarhub

‘बाघिरा’मा प्रभु देवाको फरक अवतार


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– निर्देशक तथा अभिनेता प्रभु देवा कोरियोग्राफीमा पनि परिचित अनुहार हुन् । सलमान खानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को निर्देशन पछि उनी यसको प्रमोसनमा व्यस्त छन् ।

प्रभु यतिबेला आफ्नो नयाँ लुक्सका कारण चर्चामा छन् । आधिक रवीचन्द्रनको निर्देशन रहेको फिल्म ‘बाघिरा’मा प्रभु एक पागल व्यक्तिको चरित्रमा देखिएका छन् । फिल्मको सार्वजनिक टिजर तथा पोस्टरमा उनको चरित्रलाई प्रस्तुत गरिएको छ ।

टिजरमा प्रभुलाई विभिन्न अवतारमा प्रस्तुत गरिएको छ । फिल्ममा उनी बाघिरा मुरलीधरन चरित्रमा छन् । टिजरमा उनलाई ‘साइको राजा’का रुपमा प्रस्तुत गरिएको छ ।

भ्यालेन्टाइनको अवसर पारेर गत फेब्रुअरी १४ मा दक्षिण भारतीय स्टार धनुषले फिल्मको फस्टलुक सार्वजनिक गरेका थिए । फस्टलुकमा अभिनेता प्रभुलाई अनुहार रगतसहित देखिएको थियो ।

रहस्यले भरीपूर्ण थ्रिलर फिल्ममा अमर्या दस्तुर, गायाथ्री शंकर, राम्या नाम्बीसान, जननी लायर, सञ्चीता सेट्टी, साक्षी अग्रवाल, सोनिया अग्रवाल, साई कुमार, नसर र प्रगथीलगायतको अभिनय छ ।
–एजेन्सी

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ४ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०