ब्रेन स्ट्रोकपछि म्युजिक थेरापीमा राहुल | Khabarhub Khabarhub

ब्रेन स्ट्रोकपछि म्युजिक थेरापीमा राहुल


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– ‘आशिकी’ फेम्ड अभिनेता राहुल रोय ब्रेन स्ट्रेकपछि पूर्ण स्वास्थ्य लाभको तयारी गरिरहेका छन् । अस्पतालबाट डिस्चार्ज भइसकेका यी अभिनेता यो समयमा आफ्नो घरमा नै स्वास्थ्य लाभ गरिरहेका छन् ।

राहुलले आफ्नो इन्स्टाग्राम एकाउण्टमा संगीतका माध्यमबाट स्पीच थेरापी गरिरहेको भिडियो पोस्ट गरेका छन् । उनलाई यो काममा उनकी बहिनीले सहयोग गरेकी छन् ।

भिडियोमा राहुलले सरगम गीत गाएका छन् । बहिनी गाएको गीतलाई उनले पछ्याइरहेका छन् । ब्रेन स्ट्रोकपछि उनको बोल्ने शैली प्रभावित भएको थियो । त्यही शैलीलाई सही स्थानमा ल्याउनका लागि उनले म्युजिक थेरापीको सहयोग लिएका छन् ।

‘ब्रेन स्ट्रोकपछि जीवनलाई सामान्य अवस्थामा ल्याउनु सजिलो काम होइन् । किनकी यो रोगबाट मुक्त हुन अझै केही समय लाग्नेछ । मलाई आशा छ कि मेरो यो रिकोभरी भिडियो तपाईंलाई मनपर्नेछ’, उनले लेखेका छन् ।

गत वर्षको नोभेम्बरमा कारगिलमा फिल्मको छायांकन भइरहँदा उनलाई ब्रेन स्ट्रोक भएको थियो । ब्रेन स्ट्रोकपछि उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको लामो समय उपचार भयो ।
–एजेन्सी

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ४ : १५ बजे

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति