चुरे बचाऔँ अभियानको प्रदर्शनमा प्रहरी हस्तक्षेप | Khabarhub Khabarhub

चुरे बचाऔँ अभियानको प्रदर्शनमा प्रहरी हस्तक्षेप


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- चुरे संरक्षण अभियानले प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडि गरेको विरोध प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको छ ।

मंगलबार चुरे तथा वन जङ्गल संरक्षण अभियानले चुरे बचाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि गरेको  विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीहरीले प्रर्दशनकारीलाई रेलवे लिक भन्दा अगाडि जान दिएको थिएन ।  रेलवे स्टेशनबा सुरु भएको प्रर्दशन भानु चोक हुँदै मुख्यमन्त्री कार्यालय पुगेको थियो ।

प्रर्दशनमा उत्रिएकाहरुले ‘भ्रष्ट मन्त्री राजिनामा देउ’, ‘चुरे माफियालाई कारबाही गर’, ‘अवैध रुपमा खोला उत्खनन गर्न पाइँदैन’ लगायतका नाराबाजी गरेका थिए ।

प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी रोकेको  चुरे बचाउ संघर्ष समितिका प्रदेश संयोजक संयोजक सुनिल कुमार यादवले बताए ।

चुरे जोगाउन पटक-पटक सरकारलाई पत्राचार गरेपनि बेवास्ता गरेकाले प्रदर्शनमा उत्रिन बाध्य भएको उनले बताए ।

संयोजक यादवका अनुसार अभियानले चरणबद्ध आन्दोलन सुरु गरेको छ ।

यसैगरी अभियानले महोत्तरी जिल्लाका वनका डेफो हेमनत साहमाथि मुद्दा चलाउन समेत माग गरेको छ । वन प्रमुख साहले महोतरीको रम्तेल डाडा सामुदायिक वनको अनाधिकृतरुपमा तस्कर संग मिलेर चार सय रुख कटान गरेको आरोप लगाएका छन् ।

‘वनको प्रमूखलाई बचाउन सानो कर्मचारीलाई मात्र कारबाही भएको छ,’उनले भने, ‘वन फडानी गर्न निर्देशन दिएको हाकिमलाई उम्काउने प्रयास हुँदै छ ।’

अभियानले मिथिला नगरपालिकाका ओम प्रकाश भनिने दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर्नु पर्ने, प्रदेश २ सरकारले अनुमती दिएका क्रसर उद्योगमा छानबीन गरी मापदण्ड विपरीतलाई तत्काल बन्द गर्नुपर्ने र सिरहामा सञ्चालित मारुती सिमेन्टले कानुन विपरीत अतिक्रमण गरेको जग्गा पुनः वनको नाममा फिर्ता हुनु पर्ने माग गरेका छन् ।

यस्तै रौतहटमा सागरनाथ वन विकास परियोजनाको अतिक्रमित दुई सय हेक्टर जग्गा फिर्ता गर्नु पर्ने र बीपी पुष्पलाल सामुदायिक वन रौतहटको एकसय हेक्टर अतिक्रमित जग्गा फिता गर्नुपर्ने लगायतको माग राखेका छन् ।

अभियानले माघ ८ गते रौतहटको गौर, माघ ९ गते सलार्हीको मलंगवा, माघ ११ गते महोत्तरीको जलेश्वर, माघ १३ गते सिरहामा र माघ १७ गते विरगंजमा विरोध प्रर्दशन गर्ने जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ६ : ३० बजे

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात