एक्साइड ब्याट्रीमा पेपरलेस वारेन्टी | Khabarhub Khabarhub

एक्साइड ब्याट्रीमा पेपरलेस वारेन्टी


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकहरुको सहजतालाई ध्यानमा राखेर पेपरलेस वारेन्टीको सुरुवात गरेको छ।

पेपरलेस वारेन्टीमार्फत एक्साइड ब्याट्रीको वारेन्टी अवधिमा पाउने सुबिधाको लागि अब वारेन्टी कार्ड खोजिराख्नु नपर्ने कम्पनीले जनाएको छ।

अब ग्राहकहरुले एक्साइड ब्याट्री खरिद गर्दा पाउने वारेन्टी सिप्रदी एप डाउनलोड गरी त्यसमा रेजिस्टर गरेर वारेन्टीको दाबी गर्न सक्नेछन्।

एक्साइड ब्याट्री नेपालका जेनेरल म्यानेजर सुरेश कुमार तिवारीले एक्साइड ब्याट्रीलाई नेपालको नम्बर १ ब्याट्री बनाउनुमा ग्राहकहरुको ठूलो भूमिका रहेको बताए।

उनले भने, ‘ग्राहकहरुको हामीप्रतिको उदारता र विश्वासले हामीलाई सधै हाम्रा ग्राहकहरुको हितमा काम गर्ने ऊर्जा र हौसला प्रदान गर्दछ। त्यही कार्यलाई निरन्तरता दिदै हामीले अहिले पेपरलेस वारेन्टीको सुरुवात गरेका छौँ।’

उनले धेरै ग्राहकहरुबाट वारेन्टीको दाबी गर्दा वारेन्टी कार्ड हराएको वा नभेटिएको गुनासो आइराख्ने भएकोले त्यस झन्झटबाट मुक्त हुन पेपरलेस वारेन्टीको सुरुवात गरेको बताए।

उनले भने, १यसको प्रयोगले हाम्रा ग्राहकको साथै विक्रेताहरुलाई पनि सहज हुनेमा हामीलाई पूर्ण विश्वास छ।’

पेपरलेस वारेन्टीको अन्तर्गत एक्साइड ब्याट्रीको वारेन्टी स्टोर गर्न, ग्राहकहरुले फोनमा सिप्रदी एप डाउनलोड गरेर, एक्साइड ब्याट्री वा वारेन्टी कार्डमा भएको त्तच् कोड स्क्यान गरि रेजिस्टर गर्न सकिने कम्पनीले जनाएको छ।

यसबारे थप जानकारीको लागि सिप्रदीको टोल फ्री नम्बर एनटीसी भए १६६००१५५७७७ वा एनसेल भए ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीको भनाइ छ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ३ : ३७ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले

विपिनको रिहाइबारे राष्ट्रपतिपछि प्रधानमन्त्रीले पनि कतारलाई गुहारे

काठमाडौं- अघिल्लो वर्ष अक्टोबर ७ मा विद्रोही समूह हमासले इजरायलमा

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्‍यो

क्यानबेरा– अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको

फेवातालमा डुंगा दुर्घटना, पाँचै जनाको सकुशल उद्धार

पोखरा– कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा