छुटेन लागुऔषधको लहरो | Khabarhub Khabarhub

छुटेन लागुऔषधको लहरो



झापा– झापामा दिनहुँ लागुऔषध बरामद हुने क्रम बढेको छ । प्रहरीले झापामा लागुऔषधको कारोवार उच्च हुने गरेको भन्दै आफ्नो ध्यान यसतर्फ लागेको बताइरहेको छ । तर प्रहरी क्रियाशीलता बढेको दावी गरिरहँदा बरामदी क्रम समेत उच्च देखिएको छ ।

झापाको पूर्वतर्फ पश्चिम बंगाल र दक्षिणमा बिहार जस्ता भारतका ठूला राज्य भएको र नेपाली प्रयोगकर्ता र तस्करले झापालाई ट्रान्जिटको रुपमा उपयोग गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

लागुऔषधको उच्च कारोवार हुने गरेको मध्ये झापाको दमकमा हालै जिम्मेवारी सम्हाल्न आएका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज कार्की भन्छन्, ‘यहाँको एउटा चुनौतीको रुपमा लागुऔषधको कारोबार हो भन्ने मैले पनि बुझेको छु, अब प्रहरीको प्राथमिकता त्यता पनि हुने छ । तपाईंहरुले यसको नतिजा पनि देख्न सक्नु हुनेछ ।’

घरैमा डिलर
झापामा लागुऔषधका प्रयोगकर्ता मात्र नभई आपूर्तिकर्ता र डिलरसमेत रहेको पाइएको छ । सीमाक्षेत्रबाट नेपाली भूमिसम्म ल्याउने र कतिपयले घरलाई नै डिलरको रुपमा उपयोग गरी त्यहाँबाट ‘धन्दा’ चलाउने गरेको पाईएको छ ।

दमक १ का देवेन्द्र राईले आफ्नै कोठालाई लागुऔषधको डिलरको रुपमा प्रयोग गरी लागुऔषधको कारोवार गर्ने गरेको पाइयो । उनले आफ्नै घर कोठामा लागु औषध ब्राउन सुगरको बिक्री वितरण गरिरहेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनको कोठाभित्र चेकजाँच गर्दा कोठा भित्र प्रतिबन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको लिसाइलो पदार्थ २ ग्रामसहित अन्य वस्तु फेला पारेको थियो ।

यसअघि झापाकै बुद्धशान्ति ३ मा पनि घरैमा लागुऔषधको कारोवार र डिलर सञ्चालन भएको पाइएको थियो । सो ठाउँका शेषराज सापकोटाको घर खानतलासी गर्दा पनि ब्राउनसुगरको बदलिएको रुपमा लिसाइलो वस्तु भेटिएको थियो । कोडिन, नाइट्रोजन लगायतका लागुऔषधसहित उनको घरबाट १० ग्राम शंकास्पद लिसाइलो वस्तु फेला पारिएको प्रहरीले जनाएको छ ।

‘हब’ बनेको दमक

झापामा लागुऔषधको उपयोग र कारोबारका दृष्टिकोणले दमक हबको रुपमा विकास भइरहेको पाइएको छ ।

कारोबारीहरुले दमकमा भण्डार गरी स्थानीय प्रयोगकर्ताहरुका साथै पहाडी क्षेत्र र अन्य जिल्लामा बिक्री गर्ने गरेको आशंका प्रहरीको छ ।

घरैमा डिलर सञ्चालन गरेको अवस्थामा संलग्नलाई पक्राउ गरे लगत्तै दमकबाट थप दुई जना पनि पक्राउ गरेका छन् ।

दमक ३ बाट प्रहरीले २० वर्षका समीर तामाङ् र २२ वर्षका नवीन लिम्बूलाई पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा समीर तामाङले लगाएको जिन्स पेन्टको अगाडी पट्टीको दाहिने गोजीमा लुकाईछिपाई राखेको प्रतिबन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने १ ग्राम ६०० मिलिग्राम खैरो रङ्गको लिसाइलो पदार्थ साथै दुबैको साथबाट गरी ५ थान मोवाइल सेट समेत बरामद भएको प्रहरीले जनाएको छ ।

दमक प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवराज कार्की दमकमा रहेका लागुऔषध कारोवारीका डिलर र सञ्जाल प्रहरीले चाँडै भत्काउने दावी गरेको छ ।

उनले भने, ‘अब प्रहरीले कारोवारी पक्राउ गर्ने र सचेतना अभिवृद्धि गर्ने कार्यलाई एकसाथ लिएर जान्छ, प्रहरीलाई साथ सवैको चाहिएको छ ।’

नयाँ गन्तव्यको खोजी
सीमाक्षेत्रमा प्रहरीको गतिविधि बढे पछि लागुऔषध कारोवारी र प्रयोगकर्ताले नयाँ नयाँ गन्तव्यको खोजी गर्ने गरेको पाइएको छ । काकडभिट्टा, विर्तामोड, दमक जस्ता सघन शहरी क्षेत्रमा असुरक्षित महसुस गरेका कारोबारीहरु ग्रामिण क्षेत्र तर्फ पुग्ने गरेको पाइएको छ ।

दमकबाट नजिकै रहे पनि लखनपुर–गौरीगञ्ज करिडोरमा यसअघि लागुऔषध प्रयोगकर्ताहरु छिटफुट रुपमा मात्र पक्राउ पर्ने गरेका थिए । तर अचेल उनीहरुले यसलाई नयाँ गन्तव्यको रुपमा उपयोग गर्ने गरेको पाइएको छ ।

यसै क्रममा गौरादह १ बाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गौरादह वडा नं. ३ का वर्ष २७ का लक्ष्मण दास र वर्ष १९ का राम शाहलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट २३ ग्राम २०० मिलिग्राम शंकास्पद ब्राउन सुगर समेत फेला परेको छ ।

यस्तै मेचीराजमार्ग करिडोरलाई पनि लागुऔषध प्रयोगकर्ताहरुले सुरक्षित गन्तव्यको रुपमा उपयोग गर्न थालेका छन् ।

बुद्धशान्ति ४ बाट प्रहरीले सोही ठाउँका २२ वर्षीय प्रवेश माझीको साथ बाट पनि शंकास्पद ब्राउन सुगर ६ ग्राम बरामद गरेको छ । यसअघि पनि मेचीकरीडोरमै पर्ने मेचीनगर १३ चारआलीबाट शंकास्पद लागुऔषधसहित दम्पती पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ब्राउन सुगर जस्तो शंकास्पद लागुऔषधसहित मेचीनगर १ बाहुनडाँगीका २१ वर्षीय सुजन राजपूत र उनकी श्रीमती १८ वर्षीया पूजा राजपूत मगरलाई पक्राउ गरेको थियो ।

बालबालिकाको प्रयोग
लागुऔषधको बढ्दो कारोवारमा महिला र बालिकाको प्रयोग पनि बढि रहेको छ । वयस्क महिलाहरु आफैँ पनि छिटो र धेरै कमाउने लोभमा यसको कारोबारमा संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान छ । तर किशोरावस्थामा प्रवेश गरेका बालबालिकाहरुलाई पनि प्रयोग गराई लागुऔषधको कारोवार हुने गरेको पाइएको हो ।

यसै क्रममा प्रहरीले पूर्वीनाका काकडभिट्टास्थित मेचीनगर ६ बाट दमकका एक किशोरलाई लागुऔषधसहित पक्राउ गरेको छ । मेचीनगर वडा नं. ६ स्थित गैरीगाउँबाट प्रहरीले दमक ५ का १५ वर्षीय रमेश राजवंशीलाई विभिन्न लागुऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले लुपिजेसिक ३० सीसी, डाईजोपिन ३० सीसी र प्रोमोथाईजिन ३० सीसी गरी जम्मा ९० सीसी लागुऔषध बरामद गरेको छ ।

यसरी झापामा बढेको लागुऔषधको लहरो अझै प्रहरीले समात्न सकेको छैन । सामान्य प्रयोगकर्ता र विक्रेतालाई प्रहरीले पक्राउ गरे पनि यसको आयातमा संलग्न गिरोहसम्म प्रहरी पुग्न नसकेको सर्वसाधारणको गुनासो रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  २ : ४३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका