काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरू | Khabarhub Khabarhub

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरू


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ ।

देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा शुरू गरेको हो ।

कोभिड–१९ को सङ्क्रमणका कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि सो प्रालिले सोमबार रातिदेखि काठमाडौँ–पोखरा रात्रिकालीन बससेवा शुरू गरेको हो ।

काठमाडौँको बौद्धबाट साँझ ६.३० बजे छुट्ने पर्यटकीय बस पोखराबाट भने ७.३० बजेमात्र काठमाडौँको लागि छुट्नेछ । प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले रु १२ करोड लगानीमा १६ बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गरिएको जानकारी दिए ।

मुख्य–मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर  दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गरेको उनको भनाइ छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्थगन गरिएको थियो ।

अहिले काठमाडौँबाट मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले दिवा तथा रात्रिकालीन बससेवा प्रदान गर्दै आइरहेका छन् ।

हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १ : १८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६