विवादमा कमलपोखरी : शुक्रबारदेखि रोकियो काम | Khabarhub Khabarhub

विवादमा कमलपोखरी : शुक्रबारदेखि रोकियो काम

विज्ञ र स्थानीयसँग छलफल गर्दै महानगर



काठमाडौँ– संरचना निर्माणका लागि सुकाइएको पोखरी । मरेका माछा चिरा परेको जमीन र निर्माणधीन कंक्रिटको पर्खाल । यो काठमाडौँ महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीको दृश्य हो ।

भुकम्पले क्षति पुर्‍याएको करिब ५ वर्षपछि महानगरले ‘हाम्रोे काठमाडौँ आफैँ बनाऔँ’ नाराका साथ गत असारमा कमलपोखरी पुनर्निर्माण थालेको थियो । महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा श्रेष्ठ र वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले पुनर्निर्माणको शिलान्यास गरेका थिए ।

केही महिनाअघि अनुगमनका क्रममा ४५ प्रतिशत काम सम्पन्न भइसकेको महानगरले जानकारी दिएको थियो । यद्यपी गत शुक्रबारबाट कमलपोखरी पुनर्निर्माणको काम केही समयका लागि स्थगित बनेको छ ।

सम्पदा पुनर्निर्माणमा कंक्रिटको प्रयोग गरेपछि स्थानीय र सम्पदा संरक्षण अभिायन्ताहरुले गत शुक्रबार कंक्रिट बनाउन लागेको भन्दै विरोध कार्यक्रम गरेका थिए ।

उनीहरुले काठमाडौँ महानगरले पुरातात्विक महत्वको कमलपोखरी पुनर्निर्माण गर्दा यसको महत्वलाई संकटमा पारेको भन्दै विरोध जनाए । चौतर्फी विरोध भएसँगै शुक्रबारबाटै र्निर्माणको काम रोकिएको कमलपोखरी स्र्पोट्स क्लवले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाको ६ करोड ३६ लाखको लगानी जय भनन्जय कंडेल जेभीले पुनर्निर्माणको काम सुरु गरेका थिए । केही समयअघि स्थलगत अनुगमनमा पुगेका प्रमुख शाक्यले करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी समेत गरेका थिए ।

‘कमल पोखरीको अस्तित्व जोगाउँदै पुनर्निर्माणको काम अघि बढाएका छौँ,’ शाक्यले भनेका थिए, ‘महानगरपालिको केन्द्र भागमा रहेको यो पोखरी पुनर्निर्माणपछि काठमाडौँबासीका लागि आकर्षक स्थल बन्ने छ ।’

तर कमलपोखरी पुनर्निर्माणको मौलिकतालाई ख्याल नगरेको स्थानीयको आरोप छ । ‘सम्पदाको पुनर्निर्माण मौलिकता झल्काउने हुनुपर्छ आधुनिकता हुनु भएन’ एक स्थानीयले भने ।

यता, पुरातत्विक सम्पदाका क्षेत्रमा काम गर्दै आइरहेको पुरातत्व विभागले पनि सबैतिर विरोध भएसँगै आइतबार कमलपोखरीको स्थलगत अनुगमन गरेको छ । विभागका महानिर्देशक दामोदर गौतमले प्राविधिक टोली खटाएरै त्यसको अध्ययन गर्ने र सोही अनुरुप अघि बढ्ने बताए ।

छलफलपछि काम अघि बढ्छ : महानगर

महानगर, शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरी पुनर्निर्माणबारे विस्तृतमा छलफल गरी अघि बढ्ने बताए । स्थानीयसँगकै समन्वयमा निर्माण गरिएको र चारैतिर घाट निर्माण गर्दा ठूला ढुंगा र सिमेन्टको प्रयोग गरिएको उनले स्वीकारे ।

‘त्यही बेलामा पनि राजनीतिज्ञ, स्थानीय तथा सरोकारवाला निकायसँगको समन्वयमा डिजाइन बनाएर फाइनल गरेरै हामीले निर्माण कम्पनीलाई पठाएका थियौं’ उनले भने, ‘कमलपोखरीको ऐतिहासिकता जोगाउन महानगर र हामी सबै गम्भीर छौं ।’

वैशाख १ गते उद्घाटन गर्ने तयारीअनुसार काम भइरहेको थियो तर निर्माणमा केही त्रुटि भए भन्ने कुराहरु आइरहेको छ अब वातवारण विज्ञ, स्थानीय, पुरातत्वविद् लगायतका व्यक्तिसँग छलफल गरी यसलाई निरन्तर गर्नेछौं ।

पहिले कमलपोखरीमा दुईटा पानीको स्रोत रहेको थियो । जसमा दुईतिर आइलेट पश्चिम र दक्षिण कुनामा रहेको छ । ‘पानीलाई कसरी पुनर्भरण गर्न सकिन्छ भन्नेबारे विज्ञहरुले अध्ध्ययन गरिरहेका छन्’ बस्नेतले खबरहबसँग भने ।

त्यस्तै फाटिएको माटोमा कसरी पानी जम्ला त ? उनी भन्छन्, ‘त्यो विषयमा पनि विज्ञहरुले हेरिरहेका छन् अहिलेकै माटो माथि पानी राख्ने कि भन्नेबारे पनि कुरा भइरहेको छ । जमीनलाई ढलान गर्ने भन्ने कुनै योजना छैन ।’

यद्यपी विगतमा पनि कमलपोखरीमा हिउँदको समयमा पानी कम हुने र वर्खाको समयमा वर्षाद्ले भरिने उनले बताए । उनकाअनुसार पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ ।

पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण गर्ने पनि आयोगले जानकारी दिएको छ ।

महानगरले दिएको जानकारी अनुसार अब बन्ने कमल पोखरी वरिपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उद्यान र सार्वजनिक स्थल रहने छन् । त्यस्तै पोखरीमा रातिको समयमा पनि वत्तीको व्यवस्था गरिनेछ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १० : ३० बजे

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको