खोपको असमान वितरण भइरहे कोरोनाले थप विपत्ति निम्त्याउँने डब्ल्युएचओको चेतावनी | Khabarhub Khabarhub

खोपको असमान वितरण भइरहे कोरोनाले थप विपत्ति निम्त्याउँने डब्ल्युएचओको चेतावनी


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले कोरोनाविरुद्धको खोप असमान तवरले वितरण भइरहे थप विपत्ति निम्तिने चेतावनी दिएको छ ।

डब्ल्युएचओका प्रमुख, डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउने निश्चित रहेको चेतावनी दिएका हुन् ।

गरीब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका युवाहरुले पहिले खोप पाउनु खोपको अनुचित र असमान वितरणको उच्चतम नमूना भएको उनले बताए ।

अहिलेसम्म विश्वका ४९ देशमा तीन करोड ९० लाख डोज खोप दिइएको र ती अधिकांश खोप असमान तवरले वितरण भएकोमा गेब्रियससले चिन्ता जनाएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म चीन, भारत, रूस, बेलायत र अमेरिकाले कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् । यी सबै देशले आफ्नो देशका नागरिकलाई प्राथमिकतामा राखेका छन् ।

कोरोनाविरुद्धको खोप वितरणमा विश्व विनाशकारी नैतिक असफलताको नजिक रहेको र यसको मूल्य तत्काल गरीब देशले चुकाउनुपर्ने उनले चेतावनी दिए ।

डब्ल्युएचओले यस्तो अवस्थामा खोपको मूल्य बढ्ने, महामारी झन् बढ्ने र प्रतिबन्धहरुमा कारण आर्थिक समस्या डरलाग्दोरूपमा देखिने खतरा उच्च भएको आकलन गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वमा खोपको बाँडफाँड गर्न यसअघि नै कोभ्याक्स कार्यक्रमका लागि प्रतिबद्धता आह्वान गरेको छ । यो कार्यक्रम अर्को महिना सुरु हुनेछ ।

डब्ल्युएचओले आउँदो अप्रिल ७ तारिखमा विश्व स्वास्थ्य दिवस मनाउँदा सबै देशहरुमा खोप अभियान सुरु हुने अपेक्षा गरेको छ ।

चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर नै फैलिसकेको छ । हालसम्म ९ करोड ६० लाख संक्रमित भएका छन् भने २० लाख ४८ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : २० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न