एमालेभित्र रैती बन्न नसक्नेहरू समाजवादी भए : झाँक्री | Khabarhub Khabarhub

एमालेभित्र रैती बन्न नसक्नेहरू समाजवादी भए : झाँक्री


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमाले पार्टीभित्र रैती र चाकर बन्न नसक्ने व्यक्तिहरूले स्वतन्त्रताका लागि नेकपा (एकीकृत समाजवादी) पार्टी जन्माएको बताएकी छन् ।

उनले केपी ओलीले पार्टीमा जीवन समर्पण गरेकाहरूलाई आफ्नै चाकर र रैतीको व्यवहार देखाउने र आफ्नो भक्तिगान गर्नेहरूलाई अवसर र जिम्मेवारी दिएका कारण नयाँ पार्टीको आवश्यकता परेको बताइन् । जहिले पनि पार्टी सिद्धान्त र पद्धतिको कुरा गरिरहेकाले आफूहरूलाई केपी ओलीले दुश्मन ठानेको उनको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृत्व र अवसरका लागि आफ्नो पार्टीमा व्यक्ति पूजा र झोला बोक्नु नपर्ने झाँक्रीले दाबी गरिन् । उनले अझै पनि केपी ओलीबाट पेलिएका केही नेताहरूले बनिबनाउ घरको नाममा ओली पार्टीको दासत्व स्वीकार गर्न खोजे पनि केही फरक नपर्ने पनि बताइन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ८ : ३० बजे

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल