साफ उपविजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय | Khabarhub Khabarhub

साफ उपविजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय

मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक विदा


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही५ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । खेलाडीहरुलाई ५–५ लाख र प्रशिक्षकहरुलाई ३–३ लाख रुपैयाँ पुरस्कार दिने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । फाइनलमा भारतसँग ३–० गोल अन्तरले पराजित भएको नेपाल उपविजेता बनेको थियो । नेपालले साफको लिग चरणमा पनि एकमात्र हार भारतसँग बेहोरेको थियो । माल्दिभ्स र श्रीलंकलाई पराजित गरेको नेपालले बंगलादेशसँग भने बराबरी खेलेको थियो ।

नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो ।

बैठकले मोहम्मद जयन्तीका अवसरमा मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस्तै अवुधाबी डायलगको छैटो मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ ।

विभिन्न मन्त्रालयहरुमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए । त्यस्तै बैठकले आर्थिक कार्यबिधि एवं वित्तिय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका बिभिन्न पदहरुमा नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ५ : २९ बजे

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो :  अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा