नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा १२ जना घाइते | Khabarhub Khabarhub

नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा १२ जना घाइते


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको किस्पाङ गाउँपालिकाको भुमेस्थानमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ ।

भाल्चेदेखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२ नम्बर बस दुर्घटना भएको किस्पाङ गाउँपालिका प्रमुख छत्रबहादुर लामाले जानकारी दिए ।

उनका अनुसार दुर्घटना लगत्तै ८ वटा एम्बुलेन्सको सहायतामा घाइतेको उद्धारगरि जिल्ला अस्पताल त्रिशुली पठाउनेक्रम जारी रहेको छ ।

उनले भने, ‘किस्पाङबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनामा परि १२ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई जिल्ला अस्पताल त्रिशुलीमा उपचारको लागि पठाइएको छ । अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा बाँकी उद्धारको काम भइरहेको छ ।’

घाइतेहरुको उपचारका लागि त्रिशुली अस्पतालमा आकस्मिक रुपमा तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १ : ५५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न