तालिवानको प्रतिबन्धले अँध्यारोतर्फ धकेलिँदै अफगान किशोरी | Khabarhub Khabarhub

तालिवानको प्रतिबन्धले अँध्यारोतर्फ धकेलिँदै अफगान किशोरी


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत मे महिनामा अतिवादी समूह आईएसले एउटा विद्यालयमा बिस्फोट गराउँदा अफगान किशोरी अमिनाका दर्जनौं सहपाठीको मृत्यु भएको थियो । तर, पनि उनले हिम्मत हारिनन् । बरु अध्ययनलाई निरन्तरता दिने जमर्को गरिन् ।

तर, अहिलेको अवस्था झन् फरक छ । एक महिनाअघि तालिवानले छात्राहरुलाई अर्को व्यवस्था नभएसम्म विद्यालय नजान निर्देशन दिएपछि उनी थप चिन्तित छन् । आफ्नो अध्ययनमै पूर्णबिराम लाग्ने हो कि भन्ने पिरले उनलाई सताइरहेको छ । ‘म विद्यालय गएर पढ्न चाहन्छु, साथीहरुसँग रमाइलो गर्न मन छ । तर, तालिवानले पढ्न रोक लगाएका छन् ’, उनी गुनासो गर्छिन ।

तालिवानले सत्ता सम्हालेदेखि उनी निकै दुःखी छन् । पढेर भविष्यमा पत्रकार बन्ने उनको लक्ष्य छ, तर अफगानिस्तानमा आफ्नो भविष्य देखेकी छैनन् ।

१८ सेप्टेम्बरमा तालिवानले पुरुष शिक्षक र १३ वर्षमाथिका छात्रलाई माध्यामिक विद्यालयमा पठाइदिएको थियो । तर, शिक्षिका र छात्राबारे केही निर्णय भएको छैन । जसका कारण उनीजस्ता हजारौं बालिका घरमै बस्न बाध्य छन् ।

दुई साताअघि तालिवानले उमेर पुगेका छात्रा माध्यामिक विद्यालयमा फर्किन सक्ने निर्णय गरे । तर, उनीहरुमाथि कडा शर्त र बन्देज लगाइयो । तालिवानको आदेशपछि कुन्दुजलगायतका केही प्रान्तमा छात्राहरु माध्यामिक विद्यालय जान थालेका छन् तर उनीहरुलाई यसअघि झै पुरुषसँग बस्न दिइएको छैन । उनीहरुलाई छुट्टै पोसाक लगाउन बाध्य पारिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १ : २२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका